आमन्त्रित व्याडमिन्टनको उपाधि बस्नेत र श्रेष्ठको जोडीलाई


2024-10-05 12:24:47

News Image

भक्तपुर । प्रथम जिल्लाव्यापी आमन्त्रित व्याडमिन्टन प्रतियोगिताको उपाधि चन्द्र–वैभव व्याडमिन्टन क्लवका दिपक बस्नेत र युवराज श्रेष्ठले जितेका छन् ।

चन्द्र–वैभव व्याडमिन्टन क्लव सूर्यविनायक नगरपालिका–८ को आयोजनामा भएको प्रतियोगिताको शनिबार भएको फाइनलमा बस्नेत र श्रेष्ठको जोडीले चुनदेवी व्याडमिन्टन क्लव कटुञ्जेका चक्र थापा र शिवनारायण चौधरीको जोडीलाई १९–२१, २१–१७ र २१–१८ को सेटमा पराजित गर्दै उपाधि उचालेका हुन् । त्यसैगरी चुनदेवी व्याडमिन्टन क्लव कटुञ्जेकै बद्री बस्नेत र बिरेन्द्र विक्रम लामाको जोडी तथा सोही क्लवका अनुप के.सी. र सुरज खत्रीको जोडी तृतीय भए । विजेताले नगद १० हजार, उपविजेताले नगद ५ र तृतीयले नगद ३/३ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगितामा १९ टिमका ३८ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । विजेता खेलाडीलाई सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले पुरस्कार वितरण गरेका थिए ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *