भनपा—२ वडाब्यापी कसिमला पाँयमा लासिवा प्रथम
असोज १७, २०८१, बिहीबार | दिउँसो ०१:३० बजे | 50
भक्तपुर । ख्वप बचत तथा ऋण सहकारी संस्था लि. अतिरिक्त क्रियाकलाप उपसमितिको आयोजनामा परापूर्वकाल भक्तपुरमा प्रख्यात र पुराना पुस्ता विच लोकप्रिय र खेलिने खेल कसिमला पाँयको भनपा २ वडाब्यापी प्रतियोगिता विहीबार घटस्थापनाको दिन सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव तथा संघीय सांसद प्रेम सुवालले खेल अनुशासन गतिशिलताको लागि खेलिने बताउनुभयो । छिकोंङ खेलले मान्छेको मुटु र फोक्सोलाई स्वस्थ गर्छ, उहाँंले भन्नुभयो, यो खेल स्वाशप्रश्वासको माध्यमबाट अभ्यास गरिन्छ ।
फरक प्रसंगमा उहाँंले प्यालिष्टिाइनमा इजरायलले आक्रमण गरेपछि खाना, पानी, पकाउने ग्याँसको अभाव भएको जानकारी गराउनुभयो । इजरायलले गाजाको अस्पताल बमले उडाइ दिएकोले स्वास्थ्य सुविधाबाट लाखौं प्यालिस्तीनी बन्चित भएको उहाँंले बताउनुभयो । प्यालिस्तीनीको देश यहुदीहरुले कब्जा गरियो, उहाँंले भन्नुभयो ।
उहाँले इजरायलले पलिस्ताइन, इरान र लेवनानलगायत देशमा आक्रमण गरेको त्यसकोे प्रतिक्रीया स्वरुप इरानले पनि इजरायलमा क्षेप्यास्त्र आक्तमण गरेपछि तेश्रो विश्वयुद्धको सम्भावना छ । एमसीसी राष्ट्रघाटी सन्धि हो नेमकिपाले निरन्तर विरोध गर्दा पनि शासक दलले संसदबाट पारित गरियो । एमसीसी सम्झौता नेपालको कानुन भन्दा माथि हुन्छ ।एमसीस्ीमा काम गर्ने कुनै नेपालीको मृत्यु भए नेपालको कानुन लाग्दैन भन्दै यसले नेपालमा अमेरिकी हस्तक्षेप बढछ । साम्राज्यबादी सेना आउँछ भन्दै कसिमला पाँयमा विजयी खेलाडीहरुलाई बढाई दिनुभयो ।
ख्वप साकोस अतिरिक्त क्रियाकलाप उप—समितिका संयोजक हरिप्रसाद बासुकलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष राजकुमार लघु, नेमकिपा २ वडाका इन्चार्ज रत्नकाजी नायभारी, नेमकिपा ब्यासी ईकाई समितिका अध्यक्ष गणेशप्रसाद सुवाल, अतिरिक्त क्रियाकलाप उपसमितिका सदस्य अजेन्द्र कुमार लघुलगायतले समसामयिक राजनिती र कसिला मला पाँय खेलको महत्वमाथि प्रकाश पार्नभयो ।
यसअघि सो प्रतियोगिताको उदघाटन नेमकिपा २ वडा ब्यासी ईकाई समिति इन्चार्ज गणेश प्रसाद सुवालले कसिमला पाँयको खेल सामाग्री निर्णायक रोशनराज तुईतुईलाई हस्तान्तरण गरी गर्नुभएको थियो । उद्घाटन समारोहमा संस्थाका अध्यक्ष राजकुमार लघु, निर्णायक रोशन राज तुइतुईले प्रतियोगिताको नियमबारे, अतिरिक्त क्रियाकलाप उपसमितिका सदस्यहरु विश्वराम सुवाल, साजन लघुलगाायत कसिमला पाँय खेलको महत्व र विकास विस्तारबारे चर्चा गर्नुभयो । प्रतियोगितमा राजिमी लासिवा प्रथम, रिजा सुलु (बासुमावि) दोश्रो, कृषल पक्का (शारदा मावि) र कैलाश सुवाल (ख्वप साकोस) संयुक्त रुपमा तेश्रो स्थान प्राप्त गरेका थिए ।
प्रतियोगितामा विभिन्न विद्यालय र २ वडाका दाजुभाइ र दिदीबहिनीहरु तथा ख्वप साकोसका शेयर सदस्यहरुसहित ६३ जनाले प्रतिस्पर्धा गरेका थिए ।