सल्लाघारीमा दसैं महोत्सव ः भोलि टंक बुढाथोकीले नचाउने


असोज १६, २०८१, बुधबार | विहान ११:११ बजे | 90


सल्लाघारीमा दसैं महोत्सव ः भोलि टंक बुढाथोकीले नचाउने

भक्तपुर । भक्तपुरको सल्लाघारीमा भइरहेको भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ मा सहभागी हुने दर्शकहरुलाई मनोरञ्जन दिलाउन भोलि बिहीबार चर्चित गायक टंक बुढाथोकी लगायतका कलाकारहरु आउने भएका छन। टंकको साथमा गायकहरु अशोक दजी, रवि रिमाल पनि आउने आयोजकले जनाएको छ । साथमा अन्य कलाकारहरु पनि आउने जनाइएको छ । 
महोत्सवको क्रममा त्यहाँं दैनिक फरकफरक कलाकारहरुबाट मनोरञ्जन दिलाउने काम भइरहेको मेला व्यवस्थापक संगम लामाले बताए । ९ गतेबाट सुरु भएको मेला असोज १९ गतेसम्म चल्नेछ ।  

Comments