सकियो आठौं कंकेश्वरी अन्तरविद्यालय एकायन कराते प्रतियोगिता २०८१


असोज ७, २०८१, सोमबार | विहान ०४:२६ बजे | 30


सकियो आठौं कंकेश्वरी अन्तरविद्यालय एकायन कराते प्रतियोगिता २०८१

काठमाडौं । आयोजक नेपाल एकायन कराते संघ कंकेश्वरी शाखा प्रशिक्षण केन्द्र कंकेश्वरी काठमाडौं नेपाल एकायन कराते संघ ककेश्वरी शाखा प्रशिक्षण केन्द्र कंकेश्वरीको आयोजनामा आठ ककेश्वरी अन्तरविद्यालय एकायन कराते प्रतियोगिता २००१ शान्ति निकुन्ज माध्यमिक विद्यालय मरुहिटीको प्राङ्गणमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन समारोहमा काठमाडौं क्षेत्र नं का सभासद श्रीमती अपना राजभण्डारी जोशीज्यूको प्रमख आतिथ्यता रहेको थियो । 
नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोलको सभापतित्वमा संचालित कार्यक्रममा काठमाडौ जिल्ला खेलकुद समितिका अध्यक्ष भाइकृष्ण बलामी, शान्ति निकुञ्ज मा वि.का प्रधान अध्यापक राधेश्याम प्रधान याप्पीहोममिन्टेश्वरी स्कुलका अध्यक्ष विराज श्रेष्ठ समाजसेवी रामेश्वर श्रेष्ठ समाजसेवी पुष्कर राज पाण्डे , नेपाल एकापन कराते संघ ठाडी जिल्ला सल्लाहकार आनन्द बहादुर शाही , जापान गोजुरियो कराते डो केवाकाई नेपालका अध्यक्ष बिदुर कुँबर , व्यवसायी तथा समाजसेवी कैलास राई , नेपाल सो कुशिन कराते संघका ब्रान्च चिफ राजकुमार श्रेष्ठ , राजेन्द्र शाक्य , समाजसेवी सुमन शाही व्यवसायी सोम तामाङ , नेपाल एकायन कराते संघका केन्द्रिय सल्लाहकारहरु शंकर महर्जन , निरोज कमाचार्य , गीपानी तथा वीरकृष्ण श्रेष्ठ समेतको उपस्थिति रहेको थियो । उक्त नेपाल एकद्रिय सल्लाहकार निरोज स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम संयोजक उर्मिला विश्वकर्माको संयोजकत्वमा आयोजित प्रतियोगितामा काठमाडौका १४ वटा १२५ जना एकान कराते खेलाडीहरुको सहभागिता रहेको थियो । महिला तथा पुरुषतर्फ गरी जम्मा ११ वटा तौल समुहहरुमा प्रतियोगिताहरु संचालन भएका थिए । 
खेल संचालन भएका विभिन्न तौल समूहहरु ––––––––––––––––––––––––––
महिलातर्फ–
 १. ४५ के.जी. तौल मुनि समूह
 २. ४० के.जी. तौल मुनि समूह 
३. ३० के.जी. तौल मुनि समूह
 ४. महिला खुल्ला तौल समूह पुरुषतर्फ
 १ . २५ के.जी. तौल मुनि समूह
 २. ३० के.जी. तौल मुनि समूह 
३ . ३५ के.जी. तौल मुनि समूह 
४. ४० के.जी. तौल मुनि समूह 
५. ४५ के.जी. तौल मुनि समूह 
६. ५० के.जी. तौल मुनि समूह 
७. पुरुष खुल्ला तौल समूह
प्रतियोगिताका खेलहरुको परिणाम तथा मेडल तालिका ––––
महिलातर्फ क्र.सं. नाम तौल समूह नतिजा पदक –––
विद्यालय १. आर्या महर्जन ३० के.जी. प्रथम स्वर्ण फुट्ट माध्यमिक विद्यालय , फुटुङ्ग २ . सुविक्षा कुँवर ३० के.जी. द्वितीय रजत ३ . संस्कृति थापा ३० के.जी. तृतिय कास्य ४ . प्रकृति श्रेष्ठ ३० के.जी. चौथो कास्य १ . आयुषा तामाङ्ग ४० के जी प्रथम स्वर्ण २ . रेखा रोकाया ४० के.जी. द्वितीय रजत ३ . सुविक्ष परियार ४० के.जी. तृतिय कास्य ४ आराध्य घिमिरे ४० के.जी. चौथो कास्य १ कृपा खड़का ४५ के.जी. प्रथम २ . साहाना भुजेल ४५ के.जी. द्वितीय ३ विपना घिसिङ्ग ४५ के.जी. तृतिय कास्य ४ सुप्रिया तामाङ्ग ४५ के.जी. चौथो कास्य १ . एलिया थापा मगर खुल्ला तौल प्रथम स्वर्ण २ एञ्जल शेपा खुल्ला तौल द्वितीय स्वर्ण रजत रजत शिवपुरी माध्यमिक विद्यालय , महाराजगंज शिवपुरी माध्यमिक विद्यालय , महाराजगंज फुटुङ्ग माध्यमिक विद्यालय , फुटुङ्ग प्रोमिनेन्ट किड्स स्कूल , नेपालटार शिवपुरी माध्यमिक विद्यालय , महाराजगंज शान्ति निकुञ्ज माध्यमिक विद्यालय , मरुहिटी शान्ति निकुञ्ज माध्यमिक विद्यालय , मरुहिटी दिपशिखा माध्यमिक विद्यालय , लोलाइ दिपशिखा माध्यमिक विद्यालय , लोलाइ ्र दिपशिखा माध्यमिक विद्यालय , लोलाङ्ग ३ रोज तामाङ खुल्ला तौल तृतिय कास्य ४ रिसिता नेपाली खुल्ला तौल चौथो कास्य दिपशिखा माध्यमिक विद्यालय लोलांग 
उपरोक्त तालिका अनुसार महिलातर्फ ३० के.जी मुनि तौल समूहमा फुटुङ्ग माध्यमिक विद्यालयकी आर्या महर्जनले स्वर्ण , सुविक्षा कुंवरले कास्य र संस्कृति थापाले रजत पदक प्राप्त गर्न सफल भए भने ४० के.जी. मुनि तौल समूहमा शिवपुरी माध्यमिक विद्यालयकी आयुषा तामाङ्गले प्रथम , शिवपुरी माध्यमिक विद्यालय के रेखा रोकायाले द्वितीय र फुटुङ माध्यमिक विद्यालयकी सुविक्षा परियारले तृतिय स्थान हासिल गरिन् , त्यसैगरी ४५ के.जी मुनि तौल समूहमा शिवपुरी माध्यमिक विद्यालयकी क्रिपा खड्काले स्वर्ण पदक , शान्ति निकुञ्ज माध्यमिक विद्यालयकी साहाना भुजेलले कास्य पदक र शान्ति निकुञ्ज माध्यमिक विद्यालय के विपना घिसिङ्गले रजत पदक प्राप्त गर्न सफल भईन् । खुल्ला तौल समूहतर्फ भने दिपशिखा माध्यमिक विद्यालयका एलिया थापा मगर र एज्जल शेर्पाले क्रमश ः प्रथम र द्वितिय स्थापन हासिल गरे भने रोज तामाङ्गले तृतिय स्थान हात पार्न सफल भइन् ।
प्रतियोगिताको पुरुष तर्फ २५ के . जी . मुनि तौल समूहमा लेभिन राना मगर प्रथम , दपशिखा माध्यमिक विद्यालयका गौरव सुनुवार द्वितीय र रोजिभ खत्री तृतिय भएका थिए । ३० के.जी. मुनि तौल समूहमा शान्ति निकुञ्ज मा . बि . का विवेश जैसी प्रथम , दिपशिखा माध्यमिक विद्यालयका गौतम सुनुवार द्वितीय र सिरिज थापा मगर तृतिय स्थान हासिल गर्न सफल भएका थिए , भने ३५ के.जी मुनि तौल समूहमा शिमान्त थापा मगर प्रथम , दिपशिखा माध्यमिक विद्यालयका आर्यन कोइराला द्वितीय र दिव्यज्ञान मा . वि.का गणेश विष्ट तृतिय भएका थिए । ४० के.जी. मुनि तौल समूहमा प्रोमिनेन्ट किड्स स्कूलका निश्चल तामाङ्गले प्रथम , शिवपुरी मा . वि.का जोन राईले द्वितीय र अज्येन्त यादवले तृतिय पुरस्कार प्राप्त गरेका थिए । त्यसैगरी ४५ के . जी . मुनि तौल समूहमा शान्ति निकुञ्ज मा . वि . का सुवास शाही प्रथम , विवेक तामाङ्ग द्वितीय र शिवपुरी मा . वि.का समिर बराम तृतिय भएका थिए भने ५० के.जी. मुनि तौल समूहमा फुटुन मा . वि.का प्रविण आले मगरले स्वर्ण , गीतामाता मा . वि.का विक्रम धौलाकोटीले कास्य र शिवपुरी मा . वि.का प्रचण्ड राईले रजत पदक हासिल गरे । प्रतियोगिताको खुल्ला तौल समूहमा फुटुङ्ग मा . वि . का मनिष राई तथा हेमन्त शाक्य द्वितीय क्रमशा प्रथम र द्वितिय तथा दिपशिखा मा . वि . का सविन श्रेष्ठ तृतिय भई क्रमश ः स्वर्ण , कास्य र रजत पदक हासिल गर्न सफल भएका थिए । विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि काठमाडौ क्षेत्र नं ८ का प्रदेश सभासद तथा बागमती प्रदेश सरकारका पुर्व मन्त्री श्री शैलेन्द्र बज्राचार्यज्यू लगायत अन्य विशिष्ट अतिथिज्यूहरुले प्रमाणपत्र , मेडल तथा ट्रफीबाट पुरस्कृतः गर्नु भएको थियो । साथै अन्य सहभागी सम्पूर्ण खेलाडीहरु लगायत खेल पदाधिकारीहरुलाई पनि सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा निर्णयाधिशमा भरत धौलाकोटी , मुख्य निर्णायकमा विष्णुमान श्रेष्ठ र रुपेश मगर मनोज राजवाहक , उर्मिला विश्वकमों तथा निर्णायकहरुमा सजिन महर्जन , सुरेश धौलाकोटी , शंकर धौलाकोटी , हिमाल सागर , र शम्शेर लामा रहेका थिए ।

Comments