नगरब्यापी मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना
असोज ४, २०८१, शुक्रबार | दिउँसो ०१:०८ बजे | 45
सूर्यविनायक । नेपाल क्रान्तिकारी युवा संघको ३४ औ स्थापना दिवसको सुखद अवसर पारी नेक्रायुसंघ सूर्यविनायक नगर समिति भक्तपुरको आयोजनामा ख्वप फुटसलमा नगरब्यापी मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरियो ।
प्रतियोगिताको पुरस्कार वितरण तथा समापन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद का. प्रेम सुवालको प्रमुख आविथ्यमा सम्पन भयो । कार्यक्रममा प्रमुख अतिथि का. प्रेम सुवालले प्रतियोगिता आयोजना गरेकोमा आभार प्रकट गर्दै छिकोङ खेलले पनि युवाहरुलाई स्वस्थ रहन मदत गर्छ । जुन ठाउ‘मा रंगशाला , कभर्ड हल खेलाडी बढी हुन्छ त्यस्तो ठाउँमा अस्पतालको आवश्यकता कम पर्छ । नेपाल क्रान्तिकारी युवा संघको ३४औं स्थापना दिवसको अवसरमा सबैलाई शुभकामना र बधाई छ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी सुर्यविनायक नगर समितिका अध्यक्ष का.सुर्यभक्त त्वातीले युवाहरु स्वस्थ्य रहन खेल खल्नु पर्छ , देशको बास्ताविक अवस्था बुझन राजनैतिक रुपमा सचेत रहन पर्छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला समितिका उपाध्यक्ष का.राजकुमार लघुले युवाहरुलाई जुवा–तास, जाँड–रक्सी र लागु पदार्थ सेवनजस्ता विकृति विसंगति र अन्ध विश्वासबाट टाढा राख्न खेलकुदले महत्वपुर्ण भूमिका खेल्छ , खेलकुदलाई मौलिक हकको रुपमा संविधानमा समावेश गराउन नेमकिपाले संविधान सभामा विशेल पहल गरेको तर शासक दलले मानेन , नेक्रायुसंघ देशको सार्वभौमिकता र स्वतत्रता जोगाउनको लागि युवाहरुलाई अनिवार्य सैनिक तालिम दिनु पर्ने पक्षमा रहेको बताउनु भयो । नेपाल क्रान्तिकारी युवा संघ सुर्यविनायक नगर समितिका अध्यक्ष रोशन मचामसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका कोषाध्यक्ष रामशरण त्वाती , सचिव लक्ष्मी प्रसाद सुवालले पनि संघको ३४औं स्थापना दिवसको अवसरमा युवाहरुमा शुभकामना ब्यक्त गर्नुभयो । सुर्यविनायक नगरब्यापी फुटसल प्रतियोगितामा ६ वटा टोलीको सहभागिता रहयो । नेक्रायुसंघ सुर्यविनायक नपा वडा नं ७ र ८ बीच फाइनल प्रतियोगिता सम्पन भयो । फाइनलमा नेक्रायुसंघ वडा नं ७ इकाई समितिले ८ वडा इकाई समितिलाईे १ का विरुद्ध २ गोलले पराजित गरियो । तेश्रो स्थान ५ वडा इकाई समितिले प्राप्त गरियो । प्रतियोगितामा विजयाी खेलाडीहरुलाई प्रमुख अतिथि का. प्रेम सुवाले मेडल तथा प्रमाण–पत्र वितरण गर्नुभयो ।
यस अघि सो प्रतियोगितको उदघाटन नेपाल मजदुर किसान पार्टी सुर्यविनायक नगर समितिका अध्यक्ष का. सुर्यभक्त त्वातीले रेफ्रीलाई बल हस्तान्तरण गरि गर्नुभएको थियो । उदघाटन कार्यक्रममा नेपाल क्रान्तिकारी युवा संघका अध्यक्ष मिन बहादुर बाटाले इजरायली फासीबादले प्यलिस्तीनीहरुलाई युद्ध थोपरेर अत्याचार गरिरहेको छ । साम्राज्यबादी अमेरिका पछाडी बसि इजरायली फासिबादले प्यालिस्तीनी महिला बालबालिका ,अस्पतालमा बम बारुद प्रहार गरी हत्या गरेका विरुद्ध नेपाल क्रान्तिकारी युवा संघ र विद्यार्थी संघले देशब्यापी विरोध कार्यक्रम आयोजना गरेको बताउनु भयो ।