कराँते लगायत अन्य प्रतियोगिताहरूमा विजेता विनायकका विद्यार्थीहरूलाई सम्मान


असोज ४, २०८१, शुक्रबार | विहान ०८:०९ बजे | 60


कराँते लगायत अन्य प्रतियोगिताहरूमा विजेता विनायकका विद्यार्थीहरूलाई सम्मान

मध्यपुर ठिमी 

भक्तपुर विभिन्न अतिरिक्त क्रियाकलापहरूमा सहभागी गराउँदै प्रगतिशील सोचको युगानुकूल एवं रूपान्तरित शिक्षा प्रदान गर्दै आएको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले यही असोज ४ गते जिल्लाव्यापी प्रतियोगितामा विजेता विद्यार्थीहरूलाई सम्मान गरेको छ।
यही असोज महिनामा भक्तपुरका विभिन्न संघसंस्थाहरुले आयोजना गरेका कराँते प्रतियोगिता, प्रतिभाको आँगन कार्यक्रम, जिल्लाव्यापी स्क्र्यावल च्याम्पियनसिप तथा लिटिल प्रिन्स भक्तपुरमा विजेता विद्यार्थीहरूलाई विद्यालयले सम्मान गरेको हो। विशेष गरेर २०८१ असोज १ गते भक्तपुर कराँते डोजोद्वारा आयोजित जिल्लाव्यापी कराँते प्रतियोगितामा यस विद्यालयका चारजना विद्यार्थीहरूले रजत तथा काश्य पदक जित्न सफल भएका थिए। त्यस्तै प्याव्सन भक्तपुरको आयोजनामा सञ्चालित प्रतिभाको आँगन कार्यक्रम प्रतियोगितामा १२०० जना प्रतिस्पर्धीलाई पछाडि पार्दै यस विद्यालयकि छात्रा अपेक्षा बोहरा दोस्रो भई ट्रफी, क्राउन र नगद रु १५००० जित्न सफल भएकी थिइन्। त्यस्तै २०८१ असोज २ गते भक्तपुर स्क्र्याबल क्लबद्वारा आयोजित जिल्लाव्यापी स्क्र्याबल च्याम्पियनसिप प्रतियोगितामा यस विद्यालयका तुलज प्रजापति र प्रतीक ढुंगेल छनोट भई राष्ट्रव्यापी स्क्र्यावल च्याम्पियनसिप प्रतियोगितामा प्रतियोगीका रूपमा चयन भएका छन्। त्यति मात्र नभएर लिटिल प्रिन्स प्रतियोगितामा यस विद्यालयका छात्र जियान श्रेष्ठ फ्रेस अफ किड्स २०८१ उपाधी जित्न सफल भएका छन्। सो सम्मान कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरूमा अझ उत्कृष्ट नतिजा ल्याउनका लागि निरन्तर अभ्यास गरिरहन र आफ्नो भविष्य उज्ज्वल बनाउन शुभकामना व्यक्त गर्नुभयो।

Comments