हरिपरिवर्तनी एकादशीको अवसरमा नासमनामा भजन


भदौ २९, २०८१, शनिबार | दिउँसो ०२:३१ बजे | 35


हरिपरिवर्तनी एकादशीको अवसरमा नासमनामा भजन

भक्तपुर । हरिपरिवर्तनी एकादशीको अवसरमा शनिबार साँंझ भक्तपुरको नासमनामा सुमधुर संगीतमय भजन भएको छ । नासमनास्थित श्री श्यामसुन्दर राजभजन मण्डलमा भजन भएको हो । 
भजनका लागि शनिबार श्री कृष्ण भजन मण्डल चुपिंघाट भेलुखेल भक्तपुरको टोलीलाई निमन्त्रण दिइएको थियो । भजनमा तीन दर्जन भन्दा वढीको सहभागिता रहेको थियो । भजनमा सहभागी टोलीलाई प्रशंशापत्र पनि वितरण गरिएको थियो । 

Comments