तीन पटकका नेपाल च्याम्पियनलाई हराउँंदै हर्क विजयी
भदौ २२, २०८१, शनिबार | दिउँसो १२:४१ बजे | 25
भक्तपुर । नेपाल क्रान्तिकारी युवा संघ मध्यपुर थिमि नगर समितिको आयोजनामा सम्पन्न राष्टव्यापी खुला रेपिड चेस प्रतियोगितामा तीन पटकका पूर्व नेपाल च्याम्पियन वद्रीलाल नेपालीलाई हराउँंदै हरि सुव्वा विजयी बनेका छन् । आठ अंकका साथ हरिले विजयी हात पार्न सफल भएका हुन् ।
ताप्लेजुङ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका कटुञ्जे निवासी हरि चर्चासँंगै शिखरमा पुग्न सफल भएका छन् । विजयी सवैलाई नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।