श्वेत भैरव साकोसको २० औं स्थापना दिवसको अवसरमा रक्तदान


भदौ २२, २०८१, शनिबार | विहान ०७:१५ बजे | 30


श्वेत भैरव साकोसको २० औं स्थापना दिवसको अवसरमा रक्तदान

भक्तपुर, भाद्र २२ गते श्वेतभैरव साकोसको २० औं स्थापना दिवसको अवसरमा आज खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यालय प्रांगण जेंला टोलमा आयोजित रक्तदान कार्यक्रममा २४ पुरुष र ८ महिला सहित ३२ जनाले रक्तदान गरेको संस्थाका लक्ष्मीप्रसाद दुवालले जनाएको छ । समुदायको सामाजिक, साँस्कृतिक, आर्थिक एवं विपन्न वर्गको उठान गर्ने सहकारी संघ संस्थाको उद्देश्यलाई आत्मसाथ गर्दै आयोजित सो रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा आयोजना गरेको थियो । श्वेतभैरव साकोस सञ्चालनमा आएको २० वर्ष पुगे पनि बैधानिक रुपले दर्ता भएको भने १७ वर्ष मात्रै भएकोे उल्लेख गर्दै संस्थाका अध्यक्ष जितेन्द्र खायमलीले संस्था स्थापना गर्दाका विभिन्न अरोह अवरोहलाई स्मरण गर्दै सेवा थप परिस्कृत गर्न विभिन्न कार्यक्रमहरुका साथ स्थापना दिवस मनाई आएको बताउनु भयो । ‘समाज विकासकालागि सहकारीको भूमिका’ विषयक भक्तपुर नगरस्तरीय विद्यालय बत्तृत्व प्रतियोगिता हिजो सम्पन्न गर्दै आज रक्तदान कार्यक्रम आयोजना गरेको थियो । श्वेत भैरव साकोसले असोज १२ गते १७ औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ ।

Comments