स्वास्थ्य नै धन हो ः डा केसी
भदौ २१, २०८१, शुक्रबार | दिउँसो ०३:०८ बजे | 15
भक्तपुर । मुनि विहार इनाचो भक्तपुको आयोजनामा शुक्रबार विहारमा रहेका श्रामणेहरुका लागि स्वास्थ्य अभिमुखीकरण तालिम सम्पन्न भएको छ । समाजसेवी डा इन्दुल केसी झण्डै दुई घण्टा तालिम दिंदै स्वास्थ्य नै धन हो र अस्वस्थ्य हुनु नै गरिव हुनु हो भन्ने आफनो धारणा राख्नुभयो । उहाँंले श्रामणेरहरुलाई जसको पनि पहिलो डाक्टर आफैं हुने भन्दै प्राथमिक उपचारबारे पनि जानकारी गराउनुभयो । साथै उहाँंले हेरेर, छोएर, खाएर, सुनेर, सँंघुरे आदि ज्ञानेन्द्रयको प्रयोगबाट हरेक कुरा मानिसले थाहा पाउने बताउँंदै यी सवैको प्रयोगबाट आफनो स्वास्थ्य अवस्था थाहा पाउन सकिने बताउनुभयो ।
कार्यक्रममा विहारका मुख्य भन्ते उतम भन्तेले कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै भावी दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । कार्यक्रममा विहार व्यवस्थापन समितिका सचिव शिव बालाले पनि बोल्नुभएको थियो ।
तालिममा विहारका ७१ जना श्रामणेरहरु, भन्तेहरु, व्यवस्थापन समितिका पदाधिकारीहरुलगायतका उपस्थिति रहेको थियो । कार्यक्रम विहारमै साँंझ तीन बजेदेखि झण्डै पाँंच बजेसम्म चलेको थियो ।
फाेटाेमा हेर्नुहाेस्...