मध्यपुर थिमिमा राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता सुरु
भदौ २१, २०८१, शुक्रबार | विहान १०:३५ बजे | 0
सागर गुरागाईं
मध्यपुर थिमि । नेपाल क्रान्तिकारी युवा संघ मध्यपुर थिमि नगर समितिद्धारा आयोजित राष्ट्रव्यापी खुल्ला ¥यापिड रेटि»्ग बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।
नेपाल क्रान्तिकारी युवा संघ मध्यपुर थिमिका संयोजक सुरेन्द्र था श्रेष्ठको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले बुद्धिचाल बौद्धिक खेल भएकोले युवाहरुले सामाजिकिकरणका लागि बुद्धिचाल खेल खेल्नु पर्ने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि सांसद गोसईले युवाहरुले राष्ट्रिय, अन्तराष्ट्रिय राजनीतिबारे जानकारी लिनुपर्ने भन्दै इजरायलले प्यालेस्टाइन माथि गरेको बर्बर हमला र अमेरिकाले क्युवामाथि लामो समयदेखि गरिरहेको आर्थिक नाकाबन्दी अमानविय भएको भन्दै सम्पूर्ण देशभक्त एवं मानवतावादीहरुले उक्त कार्यको विरोध गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बुद्धिचाल खेलका भक्तपुर अध्यक्ष एवं बुद्धिचालका प्रमुख आर्विटर राजकुमार लघुले बुद्धिचाल खेलको उद्देश्य र महत्वबारे जानकारी दिदैं प्रतियोगितामा भक्तपुर, ललितपुर, काठमाडौं, काभ्रे लगायतका जिल्लाबाट १ सय ७६ खेलाडीले भाग लिएको जानकारी दिनुभयो ।
मध्यपुर थिमि नगरपालिका वडा नं. ६ चपाचोस्थित एक्टिभ ईंिग्लस स्कुलमा आयोजित उक्त प्रतियोगिता भदौ २१ र २२ गते २ दिन हुने जानकारी दिदैं कार्यक्रमका सभापति सुरेन्द्र था श्रेष्ठले युवाहरुको बौद्धिक विकास गर्दै खेलको माध्यमबाट मध्यपुर थिमिलाई राष्ट्रिय र अन्तराष्ट्र्रिय स्तरमा चिनाउने बताउनु भयो । सुरोज प्रजापतिले संचालन गर्नुभएको कार्यक्रममा नेपाल मजदुर किसान पार्टी मध्यपुर थिमि अध्यक्ष रमेश वैद्य, नगर सचिव विर कृष्ण प्रजापति लगायतका अतिथिवक्ताहरुले नेपाल क्रान्तिकारी युवासंघ मध्यपुर थिमि नगरसमितिले विगतमा ब्याडमिन्टन, टेबलटेनिस लगायतका प्रतियोगिता सम्पन्न गरिसकेको जानकारी दिदैं नेक्रायुसंघ मध्यपुर थिमि नगरसमितिको तेस्रो नगर सम्मेलन आगामी असोज ५ गते हुने जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा नेपाल बुद्धिचाल संघका राष्ट्रिय आर्बिटर निरञ्जन प्रजापति लगायतका वक्ताहरुले बुद्धिचाल खेलको नियमबारे जानकारी दिदैं बौद्धिक खेल खेल्न युवा अनि बालबालिकालाई पनि हौसला र प्रेरणाको जरुरी रहेको बताउनु भयो ।
फाेटाेमा हेर्नुहाेस्...