सकियो आठौं एभरेस्ट उपत्यकाव्यापी बास्केटवल प्रतियोगिता

भदौ १२, २०८१, बुधबार | दिउँसो १२:२५ बजे | 70

सकियो आठौं एभरेस्ट उपत्यकाव्यापी बास्केटवल प्रतियोगिता

भक्तपुर । एभरेस्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा आठौं एभरेस्ट उपत्यकाव्यापी बास्केटवल प्रतियोगिता २०८१ बुधबार सम्पन्न भएको छ । प्रतियोगिताका विजयी विद्यालयका टिमहरुलाई भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरिन् । प्रतियोगितामा निष्ट, इनोभेटिभ र गेट वे स्कुल विजयी भए् । 
जुनियर गल्र्समा निष्ट स्कुल लोकन्थली भक्तपुर, जुनियर व्वाइजमा इनोभेटिभ इगलिश स्कुल काठमाडौं, सिनियर गल्र्समा निष्ट स्कुल लोकन्थली भक्तपुर र सिनियर व्याइजमा गेट वे स्कुल पेप्सिकोला विजयी भएका हुन् । बुधबार भएको फाइनल खेलमा जुनियर गल्र्समा ब्रम्हकुञ्ज काठमाडौंलाई हराई निष्ट, जुनियर व्याइजमा ज्ञान निकेटन काठमाडौंलाई हराई इनोभेटिभ, सिनियर गल्र्समा इनोभेटिभलाई हराई निष्ट र सिनियर व्याइजमा अक्षरिका सेकेण्डरी स्कुल पेप्सीकोलाई हराई गेट वे विजयी हुन सफल भएको हो । 
एभरेस्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा आठौं एभरेस्ट उपत्यकाव्यापी बास्केटवल प्रतियोगिता २०८१ भएको थियो । प्रतियोगिता आयोजक स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे गरी चार वटा जिल्लाका विभिन्न स्कुलका टिमहरु सहभागी भएको जानकारी गराए । उनका अनुसार प्रतियोगितामा सवैभन्दा वढी भक्तपुरबाट २१, काठमाडौंबाट नौ, ललितपुरबाट पाँंच र काभ्रेबाट एउटा स्कुलले सहभागिता जनाएका थिए ।
प्रतियोगिताका विजयी टिमहरुलाई बुधबार नै मेडल, टफी तथा प्रमाणपत्र वितरण गरियो । भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले मेडल टफी तथा प्रमाणपत्र वितरण गरेकी हुन् । कार्यक्रममा अनुशाशित टिमलाई पनि पुरस्कार वितरण गरिएको थियो । अनुशाशित टिममा जुनियर गल्र्सतर्फ मोर्डन स्कुल दधिकोट भक्तपुर, जुनियर व्याइजतर्फ ग्लाड स्टोन एकेडेमी मध्यपुर थिमि भक्तपुर, सिनियर गल्र्सतर्फ चाणक्य सेकेण्डरी स्कुल नयाँं थिमि भक्तपुर र सिनियर व्याइजतर्फ दिव्य दीप ज्योति सेकेण्डरी स्कुल टिम घोषित भए । कार्यक्रममा उत्कृष्ट खेलाडी तथा रनर अप टिमलाई पनि पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगिता भदौ १ गतेबाट सुरु भएको थियो ।  

फाेटाेमा हेर्नुहाेस्...

Comments