सरकारी ठगहरु कसरी पत्ता लगाउने ?


भदौ ९, २०८१, आइतबार | विहान ०३:४४ बजे | 70


सरकारी ठगहरु कसरी पत्ता लगाउने ?

एस
सहकारी संचालकहरु प्राय जस्तो सहकारी ठगमा पर्ने भै सकेको छ । यिनिहरुले ५÷१० हजार देखि करौडो निक्षेप राख्नेहरुको रकम झ्वाम पारेका छन् । निक्षेप कर्ताहरुको पैसा झ्वाम पर्ने किसिमले झापा र चितवनमा जग्गा पास गरि दिने आश्वासन दिई राखेका छन् । जुन् ठग माथि ठगी गर्ने प्रपञ्च हो । निम्नस्तरका निक्षेप कर्ताहरुको खानपान र औषधी उपचार समेत गर्न ठाउँ ठाउँ परिसकेको छ । बुढाबुढीहरु विचलित र दयनिय पारेको छ । मरु न बाचुँ जस्तो भएको छ । 
सामाजिक अवस्था विसंकृत र विकृति नराम्रो रुपमा आएको छ । घर–घरमा बुढाबुढीहरुको अवस्था निकै दयनिय भैरहेको छ । बृद्ध भत्ता समेत निक्षेपमा राखेकोले अरु आम्दानी गरेर खाने कुनै उपाय भएन । लोग्ने, स्वास्ती, दाजुभाई, दिदी बहिनीहरुको बिचमा तिव्ररुपमा विक्रिती र झगडा भैराखेको छ । एक प्रकारले सामाजिक अवस्था खलबलिन थालेको छ । घर भित्रका कुराहरु पनि बाहिर छुट्टाछुल्ल भएर बाहिर आउन थालेको छ । देशमा काम गर्ने वातावरण पनि नभएको र अलिकति भएको रकम पनि सहकारीबाट ठगी गरेपछि मानिसहरु ब्यापक रुपमा आक्रोशित भएका छन् । खासगरि बुढाबुढीहरुको रकम सहकारीले नदिएपछि दुःख भएर हेर्नै नसक्ने अवस्था आएको छ । विवाह गर्न र ब्रतबन्ध गर्नलाई खर्च तार्न बचतमा जम्मा गरि राखेको पनि धेरै व्यक्तिहरु बिचलीमा परेका छन् । बुढाबुढीहरु दिन दिनै रुई रुई बचत कार्यालयमा घाउन थालेका छन् । तर ठग संचालकहरु कहिल्यै भेटिदैनन् । घरघरमा झगडा भैरहेका छन् । आमा, बुवाहरु एक आपसमा वैमनस्यता उत्पन्न भैरहेको छ । त्यसले गर्दा घर भत्ताभुङ्ग भैसकेछ ।
बचत र सहकारी भनेको सरकार सँग स्विकृति लिएर संचालन गरेको छ । सरकारबाट स्विकृति लिई खोलेकोले नेपाल सरकारले लघुवित्त समेतको समस्या समाधान कानून बनाएर पहल गर्नु पर्छ । सरकारी र लघुवित्तको समस्या समाधान गर्नुको अर्थ देशकै समस्या हत्नु हो । सरकारले समाधानको उपाय तुरुन्त चलाउन पर्छ । सरकारले कानून बनाएर वडा समितिलाई बचतमा रकम उठाउने अधिकार दिनु पर्दछ । अनि मात्र देश भरी समस्या हल गर्न सजिलो हुन्छ । सहकारी ठगहरु आफ्नो जिल्लामा नवसिकन अन्यत्र जिल्लामा बस्दै आएका छन् । उदाहरणको लागि भक्तपुर जिल्ला सहकारी ठगहरु झापा र चितवन बस्दै आएका छन् । जति फोन गरेपनि फोन नउठाउने । कसरी समस्या समाधान हुने कुरा पनि छलफल भएको हुँदैन । अतः सम्पूर्ण पिडितहरु मिलि प्रशासनमा गएर घोक्रेथ्याक पारेपछि मात्र समस्या समाधान हुन्छ ।

Comments