मन्त्री थापालाई नगर अस्पतालको सुधार नै चुनौति, स्वास्थ्य हब त टाढाको कुरा
भदौ ५, २०८१, बुधबार | विहान ११:४१ बजे | 140
भक्तपुर । वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुरको एक कार्यक्रममा भक्तपुर जिल्लालाई स्वास्थ्य क्षेत्रको हबका रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यो राम्रो कुरा हो । तर, उनले प्रतिवद्धता व्यक्त गरेको कुरा पुरा हुन्छ भन्नेमा विश्वास गर्ने आधारहरु भने भेटिदैन ।
स्र्यविनायक नगर अस्पतालमा बढ्दै गएको भ्रष्टाचारका प्रकरणले नगर अस्पताल नै सरोकार निकायको कमाई खाने उद्योगको रुपमा परिणत भएको छ ।
उनकै व्यक्तिगत मिहेनत र परिश्रमबाट निर्माण गरिएको सूर्यविनायक नगर अस्पताल भित्र मौलाएको वेथिति र अनियमिततालाई नियन्त्रण गर्न नै उनलाई पहाड पर्ने छ ।
सूर्यविनायक नगरपालिका का मेयर वासुदेव थापा र प्रदेशमन्त्री थापाको बढ्दै गएको राजनीतिक अन्तरकलहका कारण मन्त्री थापाले सो अस्पतालको आन्तरिक पक्ष सुधार गर्न गाह्रो देखिएको हो । उनले अर्थात मन्त्री थापाले जिल्लालाई नै स्वास्थ्य क्षेत्रको हब बनाउने ठूला–ठूला कुरा गर्नु भन्दा पहिले आफ्नै वडामा रहेको अस्पपालको आन्तरिक पक्ष सुधार गरेर देखाउन उनी निकट सो अस्पतालका कर्मचा्रीहरुले उनलाई सुझाव दिएको स्रोतले जानकारी गरायो । पछिल्लो समय कुनै वेला मेयर थापाको प्रिय मानिएका नगर अस्पतालमा डिउटीमा आउने प्रहरी हल्दार धुर्व खत्रीलाई एकाएक मन्त्री थापाले आफ्नो पिओसो बनाएपछि मेयर र मन्त्री थापालाई नजिकबाट चिन्नेहरु तरगित बन्न पुगेका छन ।
नगर अस्पताल लामो समयदेखि अव्यवस्थितढंगबाट संचालित हुँदै आएको छ ।
नगर अस्पतालको व्यवस्थापनमा देखिएको अस्वस्थ गतिविधिका कारण अस्पताल कर्मचारीहरुको एक आपसमा प्रतिसोध साध्ने थलोको रुपमा विकास हुन थालेको छ । यो कुराको अहिले मात्रै होइन, पहिले देखि नै मन्त्री थापा जानकार नभएका पनि होइनन । त्यसैले यो अस्पताल सुधार उनका लागि कठिन मात्रै होइन, चुनौतिपूर्ण नै बनेको सोही अस्पतालमा कार्यरत कर्मचारीहरु वताउँछन ।
उनले आफ्नो वधाई भाषणको धेरै ठाउँमा भक्तपुरवासी जनताले उपचारको लागि काठमाडौँ जानुपर्ने बाध्यता आफूले अन्त्य गर्ने घोषणा गरेका छन । त्यति मात्रै कहाँ हो र ,उनले कार्यक्रमहरुमा कुनै पनि उपचारको लागि मनोहरा कटेर काठमाडौँ जानु नपरोस् भन्ने महत्वपूर्ण योजनाका साथ आफू अघि बढेको समेत जानकारी गराउँदै आएका छन ।
त्यसका लागि आफूले अस्पतालका विज्ञ तथा डाक्टर, व्यवस्थापन र समितिहरुसँग सझुावहरु लिइरहेको कुरा सुनाएउँदै आएका छन । उनले भनेका छन – भक्तपुरमा नै सुविधा सम्पन्न अस्पतालहरु बनाउने योजना वनाएको छु ।
यसरी जिल्लाका विभिन्त्र ठाउँमा भएका कार्यक्रमहरुमा वोल्ने क्रममा उनले यसो भनिरहदा नगर अस्पतालकै कतिपय कर्मचारीहरुले भने चियागफमा उनका अधिकाश सोच र योजनाहरुलाई उडाई रहेका छन ।
चियागफमा भेटिएका नगर अस्पतालका ती कर्मचारीहरु भन्छन– अहिले मन्त्री थापाले धेरै भाषण गर्ने भन्दा पनि आफ्नै वडामा रहेको यो नगर अस्पतालको पहिलो चरणमा अर्थात एक महिना भित्र व्यवस्थापन पक्षलाई सुधार गरेर देखाएमा मात्रै पनि काफी हुनेछ ।ती कर्मचारीले थपे– मन्त्री थापाले अस्पताल नै सुधार गर्न सक्दैनन । अस्पतालको व्यवस्थापन सुधार नै उनका लागि फलामको चिउरा सावित बन्ने छ । र, अस्पताल व्यवस्थापनको सुधार उनको पहूच भन्दा पनि वाहिर रहेको छ । उनले कार्यक्रमहरुमा सूर्यविनायक अस्पताललाई व्यवस्थित रुपमा सञ्चालन , आवश्यक जनशक्ति, पूर्वाधारको व्यवस्थापन गर्ने प्रतिवद्धता भने व्यक्त गरेका छन । जेहोस, त्यसलाई लागू गर्न सक्छन कि सक्दैनन , त्यो भने हेर्न वाकि नै छ । उनका लागि अस्पतालमा विगतमा काम गरिरहेका करारका कर्मचारीहरुको व्यवस्थान पनि समस्याको रुपमा देखिएको छ ।
उता,अस्पताल व्यवस्थापनका कार्यकारी निर्देशक डा राकेश वर्मा र डा मनिषा कार्की बीच बढ्दै गएको आपसी द्धन्दका कारण अस्पतालका आम कार्मचारीहरु डा वर्मा र मनिषाका बीचमा विभाजित भएका छन । यी दुई अधिकारी बीच बढ्दै गएको चिसो पनमा कारण अस्पतामा आउने विरामीहरुमा नकरात्मक प्रभाव पर्दै आएको वताइन्छ । सूरुमा डा मनिषाको नै सिफारिसमा वर्मा आएको हो भनिन्छ । तर, पछिल्लो समयमा उनीहरु बीच पावर सेरिङको विषयलाई लिएर आपसी तीख्ता बढ्न पुगेको हो ।
उनीहरु बीच लामो समयदेखि आपसी द्धन्द्ध चर्किएको र त्यही द्धन्द्धका कारण अस्पताल संचालनमा असर परिरहेको नगरपालिकाको स्वास्थ्य शाखालाई थाह नहुने भने कुरै भएन । स्रोतका अनुसार स्वास्थ्य शाखाको भूमिका मिलाउनेमा भन्दा रमिते बन्नेमा बढी देखिएकाले पनि अस्पतालमा कर्मचारीहरुका बीचमा समस्या बढ्दै गएको हो ।
जब सम्म डा वर्मा र मनिषाबीचमा चल्दै आएको आपसी द्धन्द्ध साम्य पार्न सकिदैन,तब सम्म अस्पताल सुधारको कामले गति लिन सक्दैन ।एकातिर यस्तो अवस्था छ भने अर्कोतिर अस्पतालको स्थापना कालदेखि नै सुरु हुँदै आएको अनियमितताको खेती झनपछि झन बढ्दै गएको छ ।
अस्पताल स्थापना कालको नजिकका वर्षमा अर्थात कोभिडको समयको सेरोफेरोमा अस्पतालमा खरीद गरिएको अक्सिजन प्लान्टमा ठूलो परिमाणमा प्रक्रिया मिचेर घोटला भएको समाचार वाहिरीएको थियो । प्लान्ट खरीदका लागि एउटा कंम्पनीसंग टेण्डरको प्रक्रिया अघि बढाएर अर्को कंम्पनीबाट अक्सिज प्लान्ट खरीद गरिएको थियो । सो प्रक्रिया अनियमिता गर्ने उद्देश्यका साथ अघि बढाएको भन्दै त्यतिवेला अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले तत्कालिन समयमा त्यहाँको कागजपत्र उठाएर लगेको थियो । अहिले पनि अस्पतालमा आवश्यक पर्ने सामान खरिद देखि औषधी खरीदमा समेत सोही शैली अपनाएर भ्रष्टाचारलाई निरन्तरता दिदै आएको स्रोतले जानकारी गरायो । सोतका अनुसार सामान खरीदको विल एउटा कंम्पनीको हुने, तर विल अर्को कंम्पनीको हुने गरेको छ । सम्बन्धीत सरोकार वाला निकायले खोजी ग¥यो भने अस्पतामा सामान एउटा कंम्पनीबाट खरीद गरेको र विल भने अर्को कंम्पनीको हुने गरेको पाइने मा स्रोतको दावी छ ।