सूर्यविनायक कप फुटवल हुने
भदौ ३, २०८१, सोमबार | दिउँसो ०१:१४ बजे | 60
भक्तपुर । सूर्यविनायक युथ क्लव सूर्यविनायक भक्तपुरको आयोजनामा सूर्यविनायक कप फुटवल प्रतियोगिता २०८१ हुने भएको छ । प्रतियोगितामा भाद्र ८ गतेबाट सुरु हने जनाइएको छ ।
प्रतियोगितामा पहिलो हुने टिमलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । पहिलो हुने टिमलाई नगद रु एक लाख ११ हजार एक सय ११ रुपैयाँं नगद पुरस्कार राखिएको छ । साथै दोश्रो हुनेलाई ५५ हजार नगद पुरस्कार राशी राखिएको छ ।