सकियो भक्तपुर जिल्ला जिम्न्याष्टिकस् संघको योजना तर्जुमा गोष्ठी


भदौ ३, २०८१, सोमबार | दिउँसो १२:३५ बजे | 45


सकियो भक्तपुर जिल्ला जिम्न्याष्टिकस् संघको योजना तर्जुमा गोष्ठी

भक्तपुर । भक्तपुर जिल्ला जिम्न्याष्टिकस् संघले आफ्नो योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । नगरकोटको कन्ट्रि भिल्ला होटेलमा आयोजना भएको उक्त एकदिने योजना तर्जुमा कार्यशाला गोष्ठीका क्रममा संघको दृष्टिकोण निर्माण हुनुका साथै संघले आगामी दिनमा सञ्चालन गर्ने गतिविधिहरुको योजना तयार भएको थियो । जसअनुसार तयार भएका योजनाहरुमा खेल, खेलाडी र प्रशिक्षकहरुको स्तर वृद्धि गर्ने, खेलाडीहरुको हक अधिकारको संरक्षण गर्ने, भौतिक पूर्वाधारहरुको विकास गर्ने, विभिन्न स्तरका प्रतियोगिताहरु आयोजना गर्ने लगायत आर्थिक व्यवस्थापनका विषयवस्तुहरु समावेश भएका छन् । 

भक्तपुर जिल्ला जिम्न्याष्टिकस् संघका अध्यक्ष श्री दिपक कृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा वहाले जिम्न्याष्टिकस् संघको ऐतिहासिक पृष्ठभूमि प्रकाश पार्नुका साथै संघले सञ्चालन गर्दै आएको गतिविधिहरुका बारेमा जानकारी गराउनु भएको थियो । सो अवसरमा संघका सल्लाहकार श्री श्याम कृष्णे ध्वजूले राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गर्नमा भक्तपुरको महत्वपूर्ण योगदान रहेको बताउनु हुदै खेल र खेलाडीको स्तर वृद्धिका लागि एकेडेमिक कोर्षहरु विकास गरिनु पर्ने बताउनु भयो । 

संघका पदाधिकारी, कार्यसमिति लगायत सल्लाहकारहरुको सहभागिता रहेको उक्त योजना तर्जुमा गोष्ठीको सहजिकरण श्रोत व्यक्ति श्री राजु मान बज्राचार्यले गर्नु भएको थियो । साथै सोही अवसरमा संघका सचिव श्री सुरेन्द्र जाकिबन्जारले नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गर्नु भएको थियो भने सहभागीहरुलाई पब्लिक स्पिकिड्डका विषयमा प्रशिक्षक श्री विजय हाछेथुले तालिम प्रदान गर्नु भएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

सकियो भक्तपुर जिल्ला जिम्न्याष्टिकस् संघको योजना तर्जुमा गोष्ठी
सकियो भक्तपुर जिल्ला जिम्न्याष्टिकस् संघको योजना तर्जुमा गोष्ठी

Comments