राजदूतावासको ५७ करोडको सहयोगबाट भक्तपुर अस्पतालको पुरानो भबन भत्काएर नयाँं आधुनिक भबन निर्माण हुने


भदौ १, २०८१, शनिबार | साँझ ०४:११ बजे | 40


राजदूतावासको ५७ करोडको सहयोगबाट भक्तपुर अस्पतालको पुरानो भबन भत्काएर नयाँं आधुनिक भबन निर्माण हुने

भक्तपुर । भक्तपुरको भक्तपुर अस्पतालको पुरानो भबन भत्काएर नयाँं आधुनिक भबन बन्ने भएको छ । वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले यसका लागि बेलायती राजदूतबाट ५७ करोड आर्थिक सहयोग प्राप्त भएको बताए । 
नेकपा एमाले समर्थित पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल भक्तपुरको आयोजनामा शनिबार भक्तपुरको मध्यपुर थिमि राधेराधेस्थित एउटा होटलमा भएको पत्रकार अन्तरक्रिया कार्यक्रममा मन्त्री थापाले पुरानो भबन भत्काएर नयाँं आधुनिक भबन बन्ने जानकारी गराए । सुरुमा रेटोफिटिंग मात्रै गर्ने कुरा भएको तर पछि भत्काएर नयाँं बनाउने योजना अगाडि आएको जानकारी उनले गराए ।   

Comments