तीनतले झरना जानु भयो त ? (तस्वीरहरुसहित)
भदौ १, २०८१, शनिबार | विहान ०१:४८ बजे | 125
काभ्रे जिल्ला बेथान्चोक गाउपालिका वार्ड न १ च्याम्राङबेशीको ठोट्ने खोलामा अबस्तित रहेको झरना नै तीनतले झरना हो । यो जिल्ला सदरमुकाम धुलिखेलबाट ३० किमी पश्चिम रहेको छ । भौगोलिक अबस्थाका कारण भीरपाखा अप्ठयारो बाटो रहेता पनि पर्यटकीय दृष्टिकोणले प्राकृतिक मनोरम नै महत्वपूर्ण रहेको छ ।
तीनतले झरनाको धार्मिक अबस्था
यो झरनामा परापूर्बकालदेखि नै देबीदेबताको बासस्थान रहेको भन्ने कुरा यहा रहेको जलभित्र देखिने जललुकेश्वर महादेबको आकृति, पार्बती गुफा, ढुङाको बिचबाट झरेको शिबपार्बती झरनाबाट प्रष्ट बुझ्न सकिन्छ । साथै यी सबै कुराहरु एउटै ढुङामा अबस्थित छ । यही कुरालाई सत्यता मान्दै भक्तजनहरु यहाको जल लगेर बेथान्चोक (नारायण) महादेबलाई चढाउने गर्दछन । यहाको जल शुध्द र ठाउ पबित्र भएकाले यहा रहेका साक्षत देबता थानी माहाकाल राति १÷२ बजेको समयमा सेतो घोडा चडेर यही झरनमा स्नान गर्न आउने गरेको कुरा अझै पनि प्रत्यक्ष देख्ने बुझ्नेहरुले सुनाउनुहुन्छ । यस झरनामा आउने पानी कुनै एउटा मुहानबाट नआइ धेरै थरीका रुख बिरुवाको जराबाट आएका कारण यहाको पानीले नुहाउदा धेरै थरिका रोगहरु ठिक हुने गरेको छ । ।
फाेटाेमा हेर्नुहाेस्...