आजको दुर्घटनाको कारक लुकेर स्पीड चेकिंग गर्नु हो ?


साउन ३१, २०८१, बिहीबार | दिउँसो ०३:२० बजे | 70


आजको दुर्घटनाको कारक लुकेर स्पीड चेकिंग गर्नु हो ?

भक्तपुर । विहीबार भक्तपुरको गठाघरमा भएको दुर्घटनाको कारक टाफिक प्रहरीले लुकेर स्पीड चेकिंग गर्नु रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । उनीहरुका अनुसार टाफिक स्पीड चेकका सडकको छेउमा बसेका थिए । पछि स्कुटी चालकलाई रोकेका थिए । यही अवस्थामा तीव्र गतिमा आएको टकले स्कुटीलाई किचेको थियो । 
सडक छेउमा रहेका टाफिकले एक्कासी स्कुटीलाई रोकेको र पछाडिबाट तीव्र गतिमा आएको टक उही गतिमा हुतिएर आएपछि दुर्घटना भएको बताइएको छ । यो घटनासँंगै सामाजिक सञ्जालमा यसरी लुकेर स्पीड चेक गर्ने टाफिकमाथि कारवाही हुनुपर्ने माग आएको छ । टाफिक प्रहरीले राजमार्गको साइडमा बसेर टाढाबाट नदेखिने गरी स्पीड चेक गर्ने गरेका छन् । 
चालकहरुले टाफिकलाई देखेपछि स्पीड घटाउने गरेका कारण हाइ स्पीडमा आउनेलाई कारबाही गर्न विशेष गरेर टाफिक टाढाबाट नदेख्ने घुम्तीनेर चेकिंगका लागि वस्ने गर्दै आएको छन् । विशेष गरेर राजमार्गको चुनदेवी, सल्लाघारी, गठाघरको घुम्तीमा टाफिक हाइ स्पीड चेकका लागि वस्ने गरेका छन् ।  
खुल्यो मृतको पहिचान 
प्रेश विज्ञप्तीस्
“सवारी दुर्घटना”
उपरोक्त सम्बन्धमा मिति २०८१र०४र३१ गते १३स्४० बजेको समयमा जिल्ला भक्तपुर मध्यपुरठिमी नगरपालिका वडा नं। ३ गठ्ठाघर स्थितमा काठमाण्डौंबाट भक्तपुर तर्फ आँउदै गरेको ना। ६ ख। २१७३ नं।को ट्रकले ऐ।दिशा तर्फ जादै गरेको बा। ४९ प। ८९४४ नं। को स्कुटीलाई ठक्कर दिदाँ स्कुटी चालक अन्दाजी ४०र४५ बर्षको पुरुषको मृत्यु भएकोमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी लाश पोष्टमार्टमको लागि ऐ। १६स्४५ बजे टिचिङ अस्पताल, काठमाण्डौ लगेको । दुर्घटना भएको सवारी ट्रक काठमाण्डौ उपत्यका प्रहरी सशस्त्र प्रहरी गण नं। २ महाराजगन्ज, काठमाण्डौमा राखिएको । ट्रक चालक जिल्ला सर्लाही मलंगवा नगरपालिका वडा नं। २ बस्ने बर्ष ३२ को सतेन्द्र श्रेष्ठ प्रहरीको नियन्त्रणमा रहेको । स्कुटर वृत्त ठिमीमा राखिएको । 
उक्त सवारी दुर्घटनाको विषयलाई लिई स्थानीय तथा सडकमा हिडेका मानिसहरुको भीडले विरोध तथा हुलदंगा गरेको हुँदा घटनास्थलमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्र।उ। बेद बिष्टको कमाण्डमा ११८ जनाको प्रहरी टोली खटिगएको, काठमाण्डौ स्थित नेपाल प्रहरीका विभिन्न कार्यालयहरुबाट १३० जनाको थप टोली र सशस्त्र प्रहरीको १२० जनाको प्रहरी टोली समेत खटिई २२ राउण्ड अश्रुग्यास हवाई फायर गरी हुलदंगाको भीडलाई साम्य पारिएको । 
घटनामा जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख प्र।उ। बेद बिष्ट, परिसर भक्तपुरमा कार्यरत प्र।स।ह। बहादुरे राउत र जिल्ला भक्तपुर मध्यपुरठिमी नगरपालिका वडा नं। ३ गठ्ठाघर बस्ने बर्ष सौगात सापकोटा समेत सामान्य घाइते भएकोमा सामान्य उपचार पश्‍चात डिस्चार्ज भएको । गठ्ठाघर स्थितमा सडक विचमा रहेको ट्राफिक आईल्याण्ड र छेउमा रहेको प्रहरी विट सोही भीडले आक्रमण गरी विटमा रहेको टेबल थान १, प्रहरी ह्याण्डसेट थान १ र चार्जर थान १ समेत क्षती पुर्‍याएको । घटनाको सम्बन्धमा अन्य थप अनुसन्धान कार्य भई रहेको व्यहोरा सूचित गरिन्छ ।  

Comments