स्काउट दिक्षान्त तथा पदोउन्नती समारोह सम्पन्न
साउन ३०, २०८१, बुधबार | दिउँसो ०३:१८ बजे | 65
काठ्माण्डौ युनिभसिर्टि हाइ स्कुल अन्तर्गतको दोर्जे लाक्पा स्काउट ट्रुपको सातौं दिक्षान्त एवं पदोउन्नती कार्यक्रम विद्यालयको सभाकक्षमा विविध कार्यक्रम सहित बुधवार सम्पन्न भयो। कार्यक्रम विद्यालयका प्रधानाध्यापक तेजेन्द्र प्रकास राज भण्डारी को अध्यक्षता भएको सो कार्यक्रममा प्रमुख अतिथी पूर्व राष्ट्रिय तर्दथ समिति का संयोजक चन्दन कौसिक ज्युको अतिध्यतामा भएको थियो भने अतिथिहरु दिपेश के सि , पुण्यराम गोठे , सुरेश खड्का, देब दुत अधिकारी विश्व श्रेष्ठ , तुल्सीहरी प्रजापति ,भुवन चरण श्रेष्ठ ,दिल कृष्ण प्रजापति, हरि बहादुर श्रेष्ठ लगाएतका अतिध्यमा नव आगन्तुक ५५ स्काउटहरु लाई सदस्यता ब्याज स्कार्फ प्रमाण पत्र वितरण भयो। त्यसै गरि ६० जना सिनियर स्काउटहरु लाई अन्तपूर्ण ब्याजमा पदोउन्नती गरेको थियो। स्काउटहरु द्वारा स्काउट समाग्रीहरुको जानकारी सहितको प्रस्तुती , विविध सांस्कृतिक कार्यक्रम र पायोनियरिङ्ग प्रर्दशनि समेट गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य यस ट्रुपका प्रशिक्षक रमेश सितिखु गर्नुभयो भने कार्यक्रमको धन्यवाद ज्ञापन मायाको चिनो वितरण र सभा विर्जजन यम समारोह का सभापति इकाइ अध्यक्ष तेजेन्द्र प्रकास राजभण्डरी द्वारा सभा विर्सजन गर्नु भएको थियो। कार्यक्रमा स्काउटर रमिता खुसु , कृष्ण सुन्दर दुवाल, विना अवाल , उमा कुटुको समेट सहभागिता रह्यो ।
फाेटाेमा हेर्नुहाेस्...