भक्तपुरका कवाटी पसलको गरियो अनुगमन
साउन ३०, २०८१, बुधबार | विहान १०:३५ बजे | 50
भक्तपुर, ३० श्रावण । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवम् वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा बुधबार कमलबिनायकमा गुन्हीपुन्हीमा खाने क्वाटी पर्वलाई मध्ये नजर गरी पसल अनुगमन गरेकोमा खाद्य अनुज्ञापत्र विना क्वाटीको प्याकेजिड्ड गरी व्यवस्थित लेवल बिना विक्रि वितरण भई रहेकोले अशुद्ध र अखाद्य गेडागुडी मिसिएको गुनासोको आधारमा खाद्य पसल अनुगमन गरेको बताउनुभयो भने जफत गरेको सामान जम्मा चौध हजार पा“च सय रुपैंया बराबरको रहेको बताउनुभयो ।
एस.एण्ड.एस स्टोर्समा म्याद नाघेको सामानहरु जम्बो पेप्सी ३ वटा, मिरिण्डा ५ वटा र कोक १ वटा, गुडडे कम्पनीको मारि बिस्कुट २२ पाकेट र टप विस्कुट २ पाकेट, दत्तात्रय दालमोठको शिवशंकर बदाम ११ पाकेट, हल्दिराम भुजिया ३ पाकेट, बिएमसि चना र जिरा मसला ८ पाकेट, खतु सुपर एग्रो–९९ २ पाकेट, ड्यू ५०० मिलिलिटरको ६ वटा जफत गरी नष्ट गरियो भने क्वाटी खाद्य अनुज्ञापत्र विना प्याकेजिड्ड गरी लेवल बिना विक्रि वितरण नगर्न र ढक तराजु नविकरण नभएकोले तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।
ज्योति किराना पसल तीन दिन भित्र नविकरण गर्न, क्वाटी र पूर्णिमा भुजा खाद्य अनुज्ञापत्र विना प्याकेजिड्ड गरी लेवल बिना विक्रि वितरण नगर्न, पूर्णिमा भुजाका प्रोपाइटरलाई तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित गराउन, तराजु नविकरण गर्न, गोदाम व्यवस्थित र सरसफाइ गर्न निर्देशन दिई केयईको मिक्स र जिरा मसला ६ पाकेट, हाजमोला १४ वटा, हर्लिक्स २ वटा, वेकर्स दुध २ बट्टा, क्विक्स् चिजबल ३ पाकेट र किरा भएको धुलो मास ९ केजि जफत गरी नष्ट गरियो ।
त्यस्तै बद्रि नारायण मानन्धरको किराना पसलको गोदाम व्यवस्थित र सरसफाइ गर्न, म्याद नाघेको आरोमा ध्यू ३ बट्टा, हर्लिक्स १ वटा र बेगन १ वटा जफत गरि नष्ट गरियो ।
अनुगमनमा सदस्य रोशन मैया सुवाल, ज्ञान बहादुर मानन्धर, श्यानिटेशन उपशाखाका न.नि. दिलिपकुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर उपशाखाका मोहनदेबी व्याञ्जू, जिल्ला प्रशासन कार्यालय भक्तपुरका हरिहर कापले, घरेलु तथा साना उद्योगका सुमित्रा श्रेष्ठ, उद्योग तथा बाणिज्य कार्यालय भक्तपुरका लक्ष्मी प्रसाद कासुला र उद्योग बाणिज्य संघ भक्तपुरका राजु त्वानाबासुको सहभागी रहेको थियो ।