भक्तपुरमा सकियो कर शिक्षा कार्यक्रम


साउन २८, २०८१, सोमबार | विहान ११:२६ बजे | 160


भक्तपुरमा सकियो कर शिक्षा कार्यक्रम

भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा आन्तरिक राजश्व कार्यालय भक्तपुरको सहकार्यमा साना उद्यमी व्यवशायीहरुलाई लक्षित गरी कर शिक्षा कार्यक्रम आन्तरिक राजश्व कार्यालयको सभा हलमा कर अधिकृत दिलिप गौतमज्यूको प्रमुख आतिथ्यतामा सम्पन भयो । सो अवसरमा भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम खर्बुजाले संघ मार्फत स साना उद्यमी व्यवशायीहरुलाई कर तिर्न तथा करमा दर्ता गर्न गरी रहेको सहकार्यबारे जानकारी गराउनुका साथै स साना करदाताहरुले विगतमा कर तिरेपनि यो बर्षको आन्तरिक राजश्व कार्यालयको सिस्टममा देखिएको विभिन्न समस्याहरु बारे कर अधिकृतलाई जानकारी गराउनु भयो ।
बिषेशता आर्थिक बर्ष २०५७र०५८ देखि २०६२र६३ साल सम्म कर तिरेको प्रमाण भएतापनि राजश्व कार्यालयको सिस्टममा कर बक्यौडा देखाएको,विगतमा चार आर्थिक बर्षको लगातार कर तिरेपछि सो भन्दा अघिका कर स्वतः मिनाहा भनी आर्थिक ऐनमा व्यवस्था भएनुसार कर तिरेका उद्यमी व्यवशायीहरुको पनि कर बक्यौडा देखाएको शन्दर्भमा बढी ध्यानाकर्षण गराईयो । साथै कर नतिर्नेलाई समय समयमा विभिन्न छुट सुविधा आउने तर निरन्तर कर तिर्नेलाई केही सुविधा नआएको कारण कम्तीम निरन्तर ५ बर्ष कर तिरी करचुक्ता लिएका उद्यमी व्यवशायीहरुलाई छैटौ बर्ष करमा केही सहुलियत दिए कर नियमित कर तिर्न लालयित हुने धारणा व्यक्त गर्नुभयो ।
सो अवसरमा कर अधिकृत दिलिप गौतमले कर तिर्नु व्यवशायी वा नागरिकको दायित्व भित्र पर्ने र सरकारले विभिन्न कारण कर तिर्न सक्ने हैसियत नभएका कही प्रतिशत मात्र व्यवशायीलाई उत्थान होस भने उद्देश्यले समय समयमा कर छुटको व्यवस्था ल्याएको र सो छुट सोही ऐनमा व्यवस्था भएको समयावधिमा निवेदन दिई लिन सक्नु पर्ने  बताउनु भयो ।त्यसैगरी उहाँले कर अनलाईन मार्फत तिर्ने सुविधा भएको हुन्दा घरैमा बसी बसी कर तिर्न सक्ने भएको कारण राजश्व कार्यालयले प्रदान गरेको पासबर्ड सुरक्षित राख्नुपर्ने,कारोबार गर्दा अनिवार्य विल विजक लिनुदिनुपर्ने, व्यवशाय कारोबार गर्दा व्यवशायिक बैक खाता संचालन गर्नुका साथै व्यवशायिक क्यूआर मार्फतमात्र कारोबार गर्नुपर्ने एव यस बर्ष आर्थिक ऐनले प्रदान गरेका विभिन्न छुट सुविधा लगायत अन्य समसमायिक बिषयमा कर शिक्षा दिनुभयो ।
साथै कर अधिकृत गौतमले सहभागी व्यवशायीहरुबाट उठाएका विभिन्न जिज्ञासाहरुको आर्थिक ऐनमा व्यवस्था भए अनुसारको जानकारी गराउनु भयो भने २०५७र०५८ देखि २०६२र६३ तथा सो पछि पनि कर तिरेका उद्यमी व्यवशायीहरुको कर बक्यौडा देखाएको सम्वन्धमा विभागमा जानकारी गराई सकेको बताउन्दै छिटै नै नितिगत निर्यण हुने र दोहोरो कर तिर्नु नपर्ने धारणा राख्दै स साना उद्यमो व्यवशायीहरुमा परेको समस्याबारे अवगत गराउनु भएको भक्तपुर घरेलु तथा साना उद्योग संघलाई धन्यवाद पनि व्यक्त गर्नुभयो ।

Comments