सिपाडोल खानेपानीले दियो नवनियुक्त स्वास्थ्यमन्त्रीलाई बधाई
साउन २७, २०८१, आइतबार | दिउँसो ०२:२१ बजे | 50
भक्तपुर । सिपाडोल वृहत खानेपानी तथा सरसफाई उपभोक्ता समिति, उपसमिति १ सूर्यविनायक नगरपालिका वडा नं ८ जगाती भक्तपुरले वागमति प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापालाई एक कार्यक्रमको आयोजना गरी बधाई दिएको छ । आयोजक समितिका अध्यक्ष तुल्सीनारायण लाखेमरुले सयपत्री फुलको माला लगाइदिएर बधाई दिएका हुन् । कार्यक्रममा आयोजक समितिका अन्य पदाधिकारीहरुले फूल प्रदान गरी बधाई दिएका थिए । कार्यक्रममा मन्त्री थापा र अध्यक्ष लाखेमरुले आआफनो धारणा राखेका थिए ।