प्रथम मध्यपुर स्काउट नगर परिषद् बैठक सम्पन्न
साउन २७, २०८१, आइतबार | विहान १०:२८ बजे | 10
नेपाल स्काउट, बाग्मती प्रदेश, स्थानीय स्काउट कार्यालय, मध्यपुर थिमिले प्रथम मध्यपुर स्काउट नगर परिषद् बैठक सम्पन्न गरेकाे छ । मध्यपुर थिमि नगरपालिकाका उप-प्रमुख तथा परिषद् अध्यक्ष श्री सुरेन्द्र श्रेष्ठकाे अध्यक्षतामा बसेकाे उक्त बैठकमा अध्यक्षबाट प्रस्तुत गरिएकाे अा.व. २०८०/८१ काे प्रगति प्रतिवेदन र बित्तीय अायुक्त श्री संगिता श्रेष्ठबाट प्रस्तुत गरिएकाे अार्थिक प्रतिवेदन तथा अा.व. २०८१/८२ काे नीति तथा कार्यक्रमसहित अनुमानित बजेट पारित गरिएकाे थियाे । साथै, स्काउट तालिम केन्द्र निर्माण, स्थानीय स्काउट दर्ता अभियान तथा स्काउट शिक्षक दरबन्दीकाे लागि पनि नगरपालिकासंग विशेष अनुराेध गर्ने निर्णय पारित गरिएकाे थियाे । स्वागत मन्तव्य राख्नुहुँदै स्थानीय स्काउट कार्यालयका स्थानीय अायुक्त श्री तुल्सीहरि प्रजापतिले मध्यपुर स्काउटले गरेका उल्लेखनीय कार्यहरूकाे चर्चा गर्दै मध्यपुर स्काउटलाई देशकै नमुना स्काउट बनाउने अभियानमा सबै जना हात्तेमालाे गरि अघि बढ्नुपर्ने कुरा जाेड दिनुभयो । प्रस्तुत प्रतिवेदनहरू उपर छलफल कार्यमा सहभागी भई नेपाल स्काउट, बाग्मती प्रदेश, स्थानीय स्काउट कार्यालय, मध्यपुर थिमिका पूर्व स्थानीय अायुक्त तथा सहायक राष्ट्रिय प्रशिक्षक श्री हरि बहादुर श्रेष्ठले मध्यपुर स्काउटकाे द्रुत बिकासकाे लागि युवा परिचालन सशक्त बनाउनु पर्ने धारणा व्यक्त गर्नुभयाे । अतिथिकाे मन्तव्य राख्नुहँदै नेपाल स्काउटका धराेहर तथा पूर्व राष्ट्रिय सचिव श्री रामगाेपाल कर्माचार्यले मध्यपुर स्काउटकाे गर्विलाे ईतिहाससँगै नेतृत्व-वर्गकाे मुक्त-कण्ठले प्रशंसा गर्नुभयाे । साथै, प्रस्तुत प्रतिवेदनहरू उपर छलफल कार्यमा सहभागी भई नेपाल स्काउट, बाग्मती प्रदेश, स्थानीय स्काउट कार्यालय, मध्यपुर थिमिका पूर्व स्थानीय अायुक्त तथा सहायक राष्ट्रिय प्रशिक्षक श्री हरि बहादुर श्रेष्ठ, सदस्यता बृध्दि अायुक्त तथा राष्ट्रिय प्रशिक्षक श्री भुवनचरण श्रेष्ठ, अादर्श मा.बि., लायकू, थिमिका प्राचार्य श्री बुद्धि कुमार घाे, बिनायक शिक्षा निकेतनका प्रिन्सिपल श्री सुरेन्द्र बिक्रम प्रजापति, सिद्धिकाली क्षेत्र संरक्षण तथा बिकास काेषका अध्यक्ष श्री दिलकृष्ण प्रजापतिले सल्लाह-सुझावसहित अा-अा्फ्ना धारणा व्यक्त गर्नुभयाे । नेपाल स्काउट, बाग्मती प्रदेशका प्रमुख अायुक्तले वर्तमान स्काउटिङ्ग अभियानका चुनाैती एवम् अवसरका बारेमा अाफ्नाे बिचार व्यक्त गर्नुभयाे । परिषद्का सदस्य-सचिव श्री ज्ञानेन्द्र प्रसाद भट्टले सञ्चालन गर्नुभएकाे बैठकमा उपस्थित सम्पूर्णमा धन्यवादज्ञापन गर्नुभएकाे साे बैठकमा अध्यक्षता ग्रहण गर्नुभएका अध्यक्ष श्री बिजयकृष्ण श्रेष्ठले मध्यपुर स्काउटकाे प्रशंसासहित सुन्दर, शान्त र सु-संस्कृत समाज निर्माणमा खेलेकाे भूमिका अझ उत्कृष्ट बन्दै जाअाेस् भनी शुभकामना दिनुभयाे ।