१५ बुँदे निर्देशनसहित मध्यपुरमा स्काउट भेला सम्पन्न


साउन २७, २०८१, आइतबार | विहान ०९:५१ बजे | 55


१५ बुँदे निर्देशनसहित मध्यपुरमा स्काउट भेला सम्पन्न

नेपाल स्काउट, बाग्मती प्रदेश, स्थानीय स्काउट कार्यालय, मध्यपुर थिमिले एक समाराेहबिच स्काउटरहरूकाे लागि १५ बुँदे निर्देशनसहित स्काउट भेला सम्पन्न गरेकाे छ । 

मध्यपुर थिमि नगरपालिकाका प्रमुख श्री सुरेन्द्र श्रेष्ठकाे प्रमुख अातिथ्यतामा भएकाे उक्त समाराेहमा नेपाल स्काउटकाे सर्वाेच्च पदक "सुनाैलाे गैँडा"बाट बिभुषित हुनुभएका पूर्व राष्ट्रिय तालिम अायुक्त श्री भक्त राजभण्डारीलाई विशेष सम्मान गरेकाे थियाे । स्वागत मन्तव्य राख्नुहुँदै नेपाल स्काउट, बाग्मती प्रदेश, स्थानीय स्काउट कार्यालय, मध्यपुर थिमिका पूर्व स्थानीय अायुक्त तथा सहायक राष्ट्रिय प्रशिक्षक श्री हरि बहादुर श्रेष्ठले मध्यपुर स्काउटकाे द्रुत बिकासकाे लागि युवा परिचालन सशक्त बनाउनु पर्ने धारणा व्यक्त गर्नुभयाे । कार्यक्रमकाे सभापतित्व गर्नुभएका नेपाल स्काउट, बाग्मती प्रदेश, स्थानीय स्काउट कार्यालय, मध्यपुर थिमिका स्थानीय प्रमुख अायुक्त श्री तुल्सीहरि प्रजापतिले मध्यपुर स्काउटले सम्पन्न गरेका महत्वपूर्ण गतिविधिहरूकाे संक्षिप्त चर्चा गर्नुहुँदै स्काउटरहरूकाे लागि "१५ बुँदे निर्देशन" जारी गर्नुभयाे । उक्त स्काउटर भेलाकाे उद्घाटन गर्नुहुँदै प्रमुख अतििथ श्रेष्ठले स्काउटले मध्यपुरकाे बिकासमा उत्कृष्ट याेगदान गर्दै अाएकाे र अाउँदा दिनमा नेपालकै नमुना स्काउट बन्न सकाेस् भनी शुभकामना व्यक्त गर्नुभयाे । अतिथिकाे मन्तव्य राख्नुहँदै नेपाल स्काउटका धराेहरद्वय श्री रामगाेपाल कर्माचार्य र श्री भक्त राजभण्डारीले मध्यपुर स्काउटकाे गर्विलाे ईतिहाससँगै नेतृत्व-वर्गकाे संघर्षपूर्ण गाथा सुनाउनु भयाे । नेपाल स्काउट, बाग्मती प्रदेश, स्थानीय स्काउट कार्यालय, मध्यपुर थिमिका सह-सचिव श्री रविना बजूले सञ्चालन गर्नुभएकाे साे भेलामा धन्यवाद मन्तव्य राख्नुहुँदै नेपाल स्काउट, बाग्मती प्रदेश, स्थानीय स्काउट कार्यालय, मध्यपुर थिमिका सदस्यता बृध्दि अायुक्त तथा राष्ट्रिय प्रशिक्षक श्री भुवनचरण श्रेष्ठले मध्यपुर स्काउट बिगत र बर्तमानकाे समिक्षा गर्नुभयाे ।

Comments