मण्डला धिमे खलको आयोजनामा धन्यवाद ज्ञापन तथा प्रमाणपत्र वितरण


साउन २६, २०८१, शनिबार | साँझ ०४:१६ बजे | 35


मण्डला धिमे खलको आयोजनामा धन्यवाद ज्ञापन तथा प्रमाणपत्र वितरण

भक्तपुर, मण्डला धिमे खलको आयोजनामा संचालित ३ महीने धिमे बाजा प्रशिक्षणमा सहभागि प्रशिक्षार्थी तथा पिस्वककगु नेपालभाषा साहित्य तमुज्यमा मण्डल धिमे खलद्वारा प्रस्तुत धिमे नाचका कलाकार तथा सहयोगीहरु धन्यवाद ज्ञापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी भक्तपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष कृष्णप्रसाद कोजुले नयाँ पुस्ताका युवा विद्यर्थीहरु सांस्कृतिक गतिविधिमा सहभागि हुनु खुसीको कुरा हुनुका साथ साथै यस्ताेमा सहभागि हुँदा कुलतमा फस्ने सम्भावना कम हुने र सामाजिक रूपले सक्रिय हुने बताउनुभयो ।

त्यस्तै कार्यक्रमका अतिथी मित्र संस्था ख्वप नेवाः खलका संस्थापक अध्यक्ष उज्वल ह्योङ्गोजुले धिमे प्रशिक्षार्थीहरुलाई बाजा सँगसँगै अन्य राष्ट्रीय अन्तराष्ट्रिय समसामयिक विषयबारे जानकारी दिएर सांस्कृतिक व्यक्तित्व निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । साथै ख्वप नेवाः खल र मण्डला धिमे खल बीचको मित्रताले समाजको हितको लागिरहने बताए । कार्यक्रममा मण्डला धिमे खलका अध्यक्ष अनिश ह्योंगोले मण्डला धिमे खलको परिचय दिँदै मण्डला धिमे खलले नेवारी लोक बाजाहरू को संरक्षण र प्रवर्द्धन गर्दै गरेको र गरिरहने कुरा बताए । कार्यक्रममा मण्डला धिमे खलका पूर्व अध्यक्ष सविन कोजु र सदस्य सोना सुवालले पनि बोलेका थिए ।

फाेटाेमा हेर्नुहाेस्...

मण्डला धिमे खलको आयोजनामा धन्यवाद ज्ञापन तथा प्रमाणपत्र वितरण

Comments