झौखेलको कासन खुपांगा लुकुण्डोल सडकमा सिंमाकनबारे छलफल
साउन २६, २०८१, शनिबार | दिउँसो ०१:४३ बजे | 70
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडानं २ झौखेलस्थित कासन खुपांगा लुकुण्डोल सडकमा सिंमाकनका विषयमा छलफल गर्न स्थानीय जग्गाधनी तथा घर धनीहरुको भेला कालीघाट सत्तलस्थित कालीघाट पुस्तकालयमा शनिबार सम्पन भयो ।
कार्यक्रममा समाजसेवी तथा शिक्षाप्रेमी बालमुकन्द बासुकलाले बाटोको सिमांकनले समाज विकास हुनुको साथै गाउँ ठाउँ अझ विकास हुन्छ । साामुहिक भावनाको विकासले एकताबद्ध हुन टेवा पुग्छ । शिक्षा जीवनको ज्योति हो । कालीघाट सत्तलमा रहेका कालीघाट पुस्तकालयमा विभिन्न प्रकारका किताबहरु रहेका बताउदै अध्ययन गर्न आउन सबैलाई अनुरोध गर्नुभयो ।
कालीघाट पुस्तकालयका अध्यक्ष राजकुमार लघुले चाँगु नपा वडानंं २, झौखेलस्थित कासन खुपांगा लुकुण्डोल सडकलाई सिमांकन गरी पर्खाल लगाई स्तरउन्नति गर्न सिमांकनको विषयमा स्थानिय जग्गाधनी तथा घरधनीसंग भेटघाट तथा छलफल कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
स्थानिय राजाराम बासुकलाले कासन खुपांगा लुकुण्डोल बाटो साँगुरो र खाल्डा खुल्डी हुनाले बटुवालाई अति समस्या परेकोले समयमै सिंमाकन गरी पर्खाल बनाई सडक फराकिलो बनाउनु पर्छ भन्नुभयो । स्थानिय पुरुषोत्तम दुवालले बाटो सिमाकन गर्न अति आवश्यक छ । बाटो फराकिलो भए दुर्घटनाबाट बच्न सकिन्छ, बजेट ल्याई सिमाकन गरी पर्खाल लगाउने भए आफ्नो जग्गाबाट शुरु गर्न अनुरोध गर्नुभयो ।
जग्गाधनि बद्री केदार दुवालले सडक सिंमाकन अपरिहार्य छ, सिमाकन गरी पर्खाल बनाउन आफनो जग्गादेखि शुरु गर्न अनुरोध गर्नुभयो ।
घरधनि योगेन्द्र कायष्ठले सडक सिंमाकन गरी फराकिलो पार्दा बनेका घरलाई समस्यामा पार्नु हुदैन भन्नुभयो ।
स्थानिय सुरेन्द्र सुवालले सडक सिंमाकन गर्न र पर्खाल लगाउन विभिन्न निकायमा बजेटको लागि पहल गर्न आफुले पनि सक्दो सहयोग गर्ने बताउनु भयो ।कार्यक्रममा स्थानिय जग्गाधनि र घर धनिहरु केशव दुवाल , राजाराम बासुकला, राजन लासिवा, गोपालकृष्ण ग्वाछा, सिमल बासुकला , तुल्सीराम बासुकला, गंगाराम सुवाल, राजाराम दुवाल, पुण्यराम धन्गो ,दिपक निरौला तथा श्रीमान भारती लगायतले झौखेल स्थित कासन खुपांगा लुकुण्डोल सडक सिंमाकन गरी पर्खाल बनाई फराकिलो पार्न ढिलो भइसकेको बताउनु भयो । आजको भेला तथा छलफल कार्यक्रमले चाँगुनारायण नगरपालिका झौखेल स्थित कासन खुपांगा लुकुण्डोल सडकलाई सिमाकनका लागि बजेट बन्दोवस्त गर्नका लागि सम्वन्धित निकायमा पहल गर्न स्थानिय राजकुमार लघुको संयोजकत्वमा ९ सदस्यीय एक समिति गठन गरियो । समितिमा सह संयोजक पुरुषोत्तम दुवाल, सचिव राजाराम बासुकला, सह सचिव गंगाराम सुवाल कोषाध्यक्ष बद्रीकेदार दुवाल, सदस्यहरु राजाराम बासुकला , गोपालकृष्ण ग्वाछा, किशोर बासुकला र शुभद्रा शाक्य रहेका छन । आजको बैठकले चाँगु नपा वडा नं २ झौखेलको कासन खुपांगा लुकुण्डोल सडकलाई ५ मिटर सिंमाकन गर्न स्थानिय जग्गा धनि र घरधनिले सहमति जनार्ई बजेट बन्दोवस्तका लागि सम्बन्धित निकाय चाँग नारायण नगरपालिका र वडा नं २ मा पहल गर्ने निर्णय गरियो ।
फाेटाेमा हेर्नुहाेस्...