विपदमा मिलेर अगाडि वढ्न प्रतिवद्ध छौं
साउन २६, २०८१, शनिबार | विहान ०४:५९ बजे | 70
भक्तपुर । भक्तपुरका विभिन्न राजनीतिक दलका जिल्ला सभापतिहरुले प्राकृतिक प्रकोप विपद्का बेला सवै राजनीतिक दलहरु मिलेरअ अगाडि वढ्न तयार रहेको प्रतिवद्धता जनाएका छन् । नेपाल प्रेस सोसाइटीले भक्तपुर डुवानको समस्या र समाधानको उपाय विषयमा शनिबार सोसाइटीको कार्यक्रम हलमा गरेको कार्यक्रममा उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका जिल्ला अध्यक्ष वचन देउजा, नेकपा माओवादी केन्द्रका अध्यक्ष सुनिले गोठे बासु, राष्टिय स्वतन्त्र पार्र्टी रास्वपाका जिल्ला सभापति रामेश्वर बस्नेत, जनता समाजवादी पार्टी जसपाका जिल्ला अध्यक्ष राजाराम ढुकुछूले विचार फरकफरक भए पनि विपदको बेला सवै एकजुट भएर अघि वढ्न आफूहरु प्रतिवद्ध रहेको बताएका हुन् ।
सोसाइटीका अध्यक्ष एवं पत्रकार उपेन्द्र केसीको सभापतित्वमा भएको कार्यक्रममा पत्रकार कृष्ण किसीले सुरुमा विषय उत्थान गरेका थिए । अन्तरक्रियाको क्रममा वरिष्ठ पत्रकार डा इन्दुल केसीले पत्रकारहरुले बाढीको डुवानसँंगसँंगै देश नै डुवानमा पर्न लागेको विषयमा पनि सचेतना जगाउनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रमपछि अन्तरक्रियात्मक कार्यक्रममा अन्य सहभागी विभिन्न व्यक्तिहरुले पनि विचार तथा प्रश्न गरेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...