आँसु र पसिना बगाएर टी हाइकमा रमाईयो


साउन २६, २०८१, शनिबार | विहान ०१:४४ बजे | 45


 आँसु र पसिना बगाएर टी हाइकमा रमाईयो

बालबालिकालाई स्काउटको सिद्धान्त र मान्यता अनुरुपको अभियानमा सहभागी गराई तिनीहरुको शारीरिक, मानसिक र बौद्धिक विकास गरी अनुशासित, स्वाबलम्बी र चरित्रवान् बनाइ सेवा भावनाको अभिवृद्धि गर्दै देश विकास कार्यमा सहभागी गराउन स्काउटलाई बढी सक्षम र ब्यवहारिक बनाउने उदेश्यले सुर्यबिनायकमा संचालित ज्योती ज्ञान स्काउट ट्रूप इकाई अध्यक्ष देवानन्द त्वातिको संयोजकत्वमा टी हाइक कार्यक्रम सम्पन्न गरियो। 
स्काउट भन्नेबित्तिकै कतिपयले मन्दिरको भिडभाडमा लाइन मिलाउने भनेर मात्र बुझ्छन् तर स्काउट त्यतिमै मात्र सीमित छैन । कोही समस्यामा छन् र असहज स्थिति झेलिरहेका छन् भने उनीहरूलाई सहयोग गर्न उनीहरू तत्पर हुन्छन् । विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासमा आबद्ध भएकै दिनबाट उ आफूप्रति सिक्न र सिकाउनका लागि प्रतिबद्ध भएको हुन्छ । स्काउटको बाह्य गतिविधिले बालबालिकाको चौतर्फी विकास गर्ने कुरा स्काउट मास्टर निर्जला प्रजापतिले जानकारी दिनुभयो।
कार्यक्रमको महत्त्व बारेमा प्रकाश गर्दै स्काउट मास्टर जीवन सुवालले स्काउटले समूहमा कार्य गर्ने, दुःख–सुख महसुस गराउने, जीवन जिउने कला सिकाउने,योजना निर्माण, समूह कार्य, नेतृत्त्व साथै विपत् व्यवस्थापन र नैतिक शिक्षालाई अनुसरण गरेको जुन वर्तमान परिस्थितिमा सामाजिक संजालमा एक्लै रमाउने बालबालिका र युवा पीढीलाई अत्यन्त आवश्यक रहेकोले कार्यक्रम उत्कृष्ट भएको बताए ।
हामीले आँसु र पसिना बगाएर आगो बाल्न जान्यो। आफैले चिया, पाउरोटी तोस्त, अन्डा खाइ टी हाईकमा रमाइयो भन्दै सहभागी एक स्काउट विद्यार्थीले आफ्नो अनुभव समेत सुनायो।
उक्त हाइकमा ३२  विद्यार्थीहरु सहभागी भई बालबालिकाहरुलाई गरेर सिक्न र वास्तविक अनुभव गरिएको जानकारी संयोजक त्वाटीले बताउनुभयो। 

फाेटाेमा हेर्नुहाेस्...

 आँसु र पसिना बगाएर टी हाइकमा रमाईयो
 आँसु र पसिना बगाएर टी हाइकमा रमाईयो

Comments