प्रभातका विद्यार्थीहरु ख्वप साकोसमा


साउन २४, २०८१, बिहीबार | विहान ११:१७ बजे | 35


प्रभातका विद्यार्थीहरु ख्वप साकोसमा

भक्तपुर । प्रभात ई.सेकेण्डरी स्कूल कक्षा १० का विद्यार्थीहरु  सामाजिक विषय शिक्षक बलराम गोसाईको नेतृत्वमा सामाजिक विषय अन्तरगत सहकारीको विषयमा अध्ययन अवलोकन गर्न  आज ख्वप बचत तथा ऋण सहकारी संस्था लि.मा आएका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष राजकुमार लघुले  प्रभात ई सेकेण्डरी स्कूलका शिक्षक र विद्यार्थीहरुलाई स्वागत गर्नृभयो । उहाँले ख्वप साकोस समुदाय आधारित संस्था भएको र नेर्तृत्वमा पनि स्थानिय दाजुभाईहरु नै भएकोले सहकारीमा खासै समस्या छैन । ख्वप साकोसले आर्थिक क्रियाकलापकको अलावा स्थानिय जनता र शेयर सदस्यहरुको आर्थिक समाजिक, शैक्षिक र सांस्कृतिकस्तर उकास्न विभिन्न कार्यक्रम सम्पन्न गरेका छन । संस्थामा तरलता २९ प्रतिशत रहेको छ शेयर सदस्यहरुले आफूलाई आवश्यक पर्दा बचत फिर्ता र ऋण जुनसुकै समयमा लिन सक्ने जानकारी दिदै विद्यार्थीहरुका जिज्ञासाको जवाफ अन्तरक्रिया मार्फत प्रष्त पार्नुभयो ।संस्थाका सचिव अमर बासुकलाले संस्थाको ऋण परिचालन प्रक्रिया र विभिन्न प्रकारका बचत र ऋणमा संस्थाले निर्धारण गरेका  प्रतिस्पर्धात्मक ब्याजदरबारे जानकारी दिनुभयो । संस्थाका कोषाध्यक्ष  लक्ष्मीनारायण सुवालले संस्थाको आर्थिक  अवस्थाबारे जानकारी दिंदै शेयर पूँजी रु १ करोड ५४ लाख र कुल कारोबार २१ करोड ५० लाख पुगेको जानकारी दिनुभयो ।कार्यक्रममा ख्वप साकोसका ब्यवस्थापक रत्ना ब्यान्जू र ऋण वितरण प्रमुख रोजिना  दुवालले पनि संस्थाका गतिविधी र  नियमितरुपमा अनुदानको रासायनिक मल वितरण भइरहेकाबारे प्रष्ट पार्नुभयो । कार्यक्रममा  शिक्षक बलराम गोसाईले बजारिया तथा ब्यवसायिक सहकारी समुदाय आधारित संस्थाको भेदबारे विद्यार्थीहरुलाई जानकारी गराउँदै  सामाजिक विषय अन्तरगत सहकारीका विषयबारे थप प्रशिक्षित गर्न विद्यार्थीहरुलाई समुदाय आधारित संस्थाहरु ख्वप साकोस र भिन्तुना साकोसका अध्ययन भ्रमण र अन्तरक्रियामा सहभागि गराएको जानकारी दिनुभयो । अध्ययन भ्रमण टोलीमा  शिक्षक राजकुमार साखकर्मी र  प्रभात ईङ्गलिस सेकेण्डरी स्कूल महाकालीस्थान ब्यासीका  कक्षा १० का १५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले संस्थाका गतिविधि ,उद्देश्य ऋण परिचालन  र समुदाय आधारित संस्थाको विषयमा प्रश्नहरु सोधि अन्तरक्रियामा सहभागि भएका थिए ।

Comments