वागीश्वरीका दुई उद्यमी विद्यार्थीहरूलाई बीउ पूजी वितरण


साउन २२, २०८१, मङ्गलबार | दिउँसो १२:०० बजे | 35


वागीश्वरीका दुई उद्यमी विद्यार्थीहरूलाई बीउ पूजी वितरण

भक्तपुर, साउन २२ गते । वागीश्वरी कलेज तुमचो कमलविनायकमा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित उद्यमशीलता सहयोग कार्यक्रम अन्तर्गत बीउ पुजी वितरण कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । युजीसीको सम्पूर्ण प्रावधान पूरा गरी कलेजका विद्यार्थीद्वय निष्ठा कायष्ठ र कृपा प्रजापतिले उद्यमशीलताको लागि क्रमशः ३१ लाख ५० हजार र २४ लाख १० हजार बीउ पूजी प्राप्त गरेका हुन् । प्राप्त हुने उक्त रकममध्ये पहिलो किस्ता ३० प्रतिशतका दरले चेक हस्तान्तरण गर्दै प्रमुख अतिथि प्रजापतिले पूजी प्राप्त गर्ने विद्यार्थीहरुको सफल उद्यमशीलता भावी विद्यार्थीहरुको लागि मात्र नभई देशकै लागि उदाहरणीय हुने बताउनुभयो । 
उहाले भन्नुभयो– ‘युजीसीको यो कार्यक्रम कलेजको लागि पनि पहिलो प्रयास भएकाले हामी सबैको लागि यो परीक्षा पनि हो । पैसा भनेपछि महादेवका पनि तीन नेत्र खुल्छ भन्ने गरिन्छ† पैसाको लोभमा फसे उद्यम बिग्रिन सक्छ† अत्यन्त सचेत हुन आवश्यक छ ।’
जुन विश्वासका साथ बीउ पुजी दिइएको छ त्यसलाई सदुपयोग गरेर निर्धारित समयमा फर्काउन सक्नुपर्छ† अन्यथा सरकारी रकम सरह असुल गरिने जानकारी दिदै उहाले युवा शक्ति विदेश पलायन भएर देश कसरी बन्छ ? भनी प्रश्न गर्नुभयो । 
नेपाली युवा विद्यार्थीलाई देशमै टिकाउन ल्याइएको युजीसीको कार्यक्रमको प्रशंसा गर्दै उहा“ले भन्नुभयो– ‘देश युवाहरुकै सिर्जनशीलताले सजाउने हो† आज दुई जनाले प्राप्त गरेको यो कार्यक्रम आगामी दिनमा अझ बढी विद्यार्थीले प्राप्त गर्न सकून् शुभकामना छ ।’
उहाले युवा रोजगारीको लागि भक्तपुर नगरपालिकाले पनि रु.५ लाखसम्मको बीउ पू“जी दि“दै आएको चर्चा गर्दै युवा केन्द्रित विभिन्न सीपमूलक तालिमहरु पनि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । 
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगको अनुसन्धान तथा छात्रवृत्ति महाशाखाका कार्यक्रम अधिकृत दिनेश प्रजापतिले उद्यमी बन्ने युवा सोचलाई युजीसीले सहयोग गरेको चर्चा गर्दै सहयोग प्राप्त गर्न निरन्तर प्रयास गरिरहनुपर्ने बताउनुभयो । अरूले गरेको कामको नक्कल गर्नुभन्दा भिन्नै आफ्नो मौलिक सिर्जनामा लाग्न सुझाव दिदै उहाले कुनै पनि काम एक दुई चोटिको प्रयासबाटै सफल हुन्छ भन्ने छैन यद्यपि प्रयास छोड्नु हु“दैन भन्नुभयो । 
कार्यक्रममा वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले उद्यमी बन्ने युवा विद्यार्थीहरु सम्बद्ध विभिन्न कार्यालयहरुमा सम्पर्क गर्न गाह«ो मान्नु हुन्न भन्दै युवा उद्यमशीलताको लागि हिजोआज धेरै संघसंस्थाहरुले सहुलियत दिइरहेको जानकारी दिनुभयो । 
कलेजका संयोजक ज्ञानसागर प्रजापतिले विनाधितो विनाव्याज ५ वर्षसम्म पु“जी सञ्चालन गर्ने यो एउटा गौरवपूर्ण उपलब्धी भएको चर्चा गर्दै यसले शिक्षालाई उद्यमसित जोड्ने प्रयास गरेको छ† यसले युवा विदेश पलायनलाई थोरै भए पनि रोक्नेछ भन्नुभयो । 
कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा उहाले कार्यक्रम सफल पार्न सहयोग गर्ने युजीसीलगायत सम्बद्ध सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अध्ययनरत विद्यार्थीहरु यसतर्फ आकर्षित हुन सुझाव दिनुभयो । 
कार्यक्रममा उद्यमशीलता कार्यक्रमका संयोजक अविना श्रेष्ठ, उद्यमशील विद्यार्थीद्वय निष्ठा कायष्ठ र कृपा प्रजापतिले पनि बोल्नुभएको थियो । उद्यमी कायष्ठले खेर गएका कपडाबाट विभिन्न सामान उत्पादन गर्दै आउनुभएको छ भने प्रजापतिले माटोका विभिन्न गरगहनाहरु उत्पादन गर्दै आउनुभएको छ ।

फाेटाेमा हेर्नुहाेस्...

वागीश्वरीका दुई उद्यमी विद्यार्थीहरूलाई बीउ पूजी वितरण
वागीश्वरीका दुई उद्यमी विद्यार्थीहरूलाई बीउ पूजी वितरण

Comments