बालकुमारी बचतको रजत महोत्सव भाद्र २७ गतेबाट


साउन २२, २०८१, मङ्गलबार | विहान ०४:३२ बजे | 40


बालकुमारी बचतको रजत महोत्सव भाद्र २७ गतेबाट

मध्यपुर थिमि । मध्यपुर थिमिको बालकुमारी वचत तथा श्रृण सहकारी संस्था लिमिडेट शंखधर चोक मध्यपुर थिमिको रजत महोत्सव यही भाद्र २७ गते विहीबारदेखि सुरु हुने भएको छ । रजत महोत्सव सप्ताहव्यापी हुने मंगलबार पत्रकार सम्मेलन गरी जनाइयो ।
प्रेस विज्ञप्ति
“आर्थिक, सामाजिक तथा साँस्कृतिक उन्नतिका लागि सहकारीताको भावनालाई जगाऔं” भन्ने मूल नारा बोकी २०५७ असोज २ गते, मध्यपुर थिमिका बिभिन्न क्षेत्रमा आवद्ध स्थानीय २८ जना महानुभावहरुले तत्कालिन जिल्ला सहकारी कार्यालय भक्तपुरमा दर्ता गरी बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापना गरेको थियो । यो संस्था समुदायमा आधारित सदस्यमैत्री सहकारी संस्था हो ।
७ लाख रुपैया पूँजी राखी संचालन गरेको यस संस्थाले आ.व. २०८०÷०८१ असार मसान्तसम्म शेयर पू्ँजी रु. १३,७०,९७,८००।–, बचत रु. १,७८,५८,८४,६३०।–, ऋण लगानी रु. १,३६,७६,५७,४१५।–, जगेडाकोष तथा अन्य कोष रु. ८,३९,८८,८२०।– र तरलता रु. ६१,४८,८७,८३८।– (३४.४३%) रहेको छ । संस्थाको कुल कारोबार रु. २,१३,८८,२०,०४१।– रहेको जानकारी गराउन चाहन्छौं । संस्थामा असार मसान्तसम्म सदस्य सदस्य संख्या 
संस्था स्थापनाकालदेखि बचत तथा ऋणको वित्तिय कारोबार मार्फत सदस्यको आर्थिक विकासका साथै समुदाय केन्द्रीत बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका छौं । सदस्यहरुको लागि सहकारी शिक्षा, वित्तिय साक्षरता, उद्यमशिलता विकास, नेतृत्व विकास, व्यवसायिक तालिम तथा अभिमुुखीकरण कार्यक्रम, सामुदाय केन्द्रित वित्तिय साक्षरता, रक्तदान, वृक्षारोपण, सरसफाई, सांस्कृतिक (कला संस्कृति) क्षेत्रको जगेर्ना एवं संरक्षणका लागि भौतिक तथा आर्थिक सहयोग, स्वास्थ्य शिविर तथा अभिमुखीकरण कार्यक्रम, हाजिरि जवाफ प्रतियोगिता, वक्तृत्वकला, प्रतियोगिता, निबन्ध प्रतियोगिता, नृत्य प्रतियोगिता, चित्रकला प्रतियोगिता लगायतका कार्यक्रमहरु निरन्तर भइरहेको यहाँमा अवगत नै छ । 
आफ्नै भवनबाट सदस्यहरुको जीवनस्तर उकास्न नीति, विधि र प्रविधि लागु गरी शुभारम्भदेखि सहकारी मूल्य, मान्यता तथा सिद्धान्तलाई आत्मसात गर्दै सहकारी ऐन, सहकारी नियमावली, संस्थाको विनियमावली, आन्तरिक नीति तथा कार्यविधि अनुसार बचत तथा ऋणको पूर्ण सुरक्षाको प्रत्याभूति दिलाई सदस्य तथा समुदायलाई वित्तिय सेवा प्रदान गर्दै आइरहेका छौं । भक्तपुुर जिल्लामा समुदायमा आधारित सहकारी संस्थाको छट्टुै पहिचान स्थापित गर्न बालकुमारी साकोस सफल भएको छ । ‘समुदायको पहिलो रोजाई, सुरक्षित र उत्कृष्ट बालकुमारी’ नारा तय गरी गत साधारणसभाबाट ४ वर्षे रणनीतिक आयोजना निर्माण गरी सदस्यहरुलाई थप सेवा तथा प्रतिफल दिन संस्था अगाडि बढेकोको छ । 
यसै गरी संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभासम्मेलन, गोष्ठी, प्रभातफेरी, प्रतियोगिताहरुमा सक्रिय सहभागिता जनाई सहकारी अभियानलाई दिगो बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ भने नियामक निकायबाट बिभिन्न समयमा दिने नीति, निर्देशन, मार्गनिर्देशनलाई पूर्ण पालना गरी संस्थालाई अझ बढी मजबुत र सदस्यको बचतको पूर्ण सुरक्षाका साथ सुरक्षित लगानी गरी निरन्तर अगाडि बढेका छौं । 
बालकुमारी साकोसले यस अवधिमा सहकारी अभियानमा पु¥याएको योगदानको कदर गरी २०६७ सालमा डिभिजन सहकारी कार्यालय भक्तपुरले जिल्लाकै उत्कृष्ट पुरस्कार प्रदान गरेको थियो । राष्ट्रिय सहकारी बैंक लि.ले  २०७३ सालमा बैंकको १३ औं साधारणसभामा उपत्यकाको सहकारीहरु मध्ये उत्कृष्ट क्षेत्रीय पुरस्कार प्रदान गरेको थियो । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले सहकारी दिवसको अवसर आयोजित प्रभातफेरी कार्यक्रमहरुमा सहभागी भए बापत निरन्तर उत्कृष्ट सहभागिता पुरस्कार प्राप्त गर्न सफल भइरहेको छ । संस्थाले स्थापनाकालदेखि रक्तदान कार्यक्रमलाई निरन्तरता दिई मानवीय सेवामा पु¥याएको योगदानको कदर स्वरुप नेपाल रेडक्रस सोसाइटी भक्तपुरले २०७६ र २०८१ संस्थालाई समानित गरिसकेको जानकारी गर्दछौं । जिल्ला सहकारी संघ लि. भक्तपुरले २०७८ मा यस संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठलाई मध्यपुर थिमि क्षेत्रको बचत तथा ऋण सहकारीहरु मध्ये उत्कृष्ट अध्यक्षबाट पुरस्कृत गरेको थियो । यस्तै बिभिन्न स्थानीय संघ संस्थाहरुबाट बालकुमारी साकोसले कदरपत्र तथा प्रशंसापत्रहरुबाट समानित भइसकेको जानकारी गर्दछौं ।  
अतः यस संस्थाको २५ औं स्थापना दिवस तथा रजत महोत्सव–२०८१ सप्ताहव्यापी रुपमा मनाउन गइरहेका छौं । उक्त सप्ताह व्यापी कार्यक्रम निम्न अनुसार तय भएको यहाँ उपस्थित पत्रकार तथा संचारकर्मीज्यूूहरुमा जानकारी गराउन पाउँदा हामी हर्षित छौं । 
रजत महोत्सव सप्ताहव्यापी कार्यक्रम
१) २०८१ भाद्र २७ गते, बिहीबार ः वित्तिय साक्षरता कार्यक्रम र सदस्य बृद्धि कार्यक्रम
२) २०८१ भाद्र २८ गते शुक्रबार ः भक्तपुर जिल्ला व्यापी चित्रकला प्रतियोगिता
३) २०८१ भाद्र २९ गते, शनिबार ः खुल्ला रक्तदान कार्यक्रम, शंखधर चोक थिमि
४) २०८१ भाद्र ३० गते, आइतबार ः बृद्धाश्रम तथा मानवविद्यागृहमा खाना÷खाजा खुवाउने वा भौतिक सामाग्री वितरण
५) २०८१ भाद्र ३१ गते, सोमबार ः सरसफाई कार्यक्रम
६) २०८१ असोज १ गते, मंगलबार ः रजत महोत्सव २०८१ प्रभातफेरी कार्यक्रम
७) २०८१ असोज २ गते, बुधबार ः २५ औं स्थापना दिवस तथा रजत महोत्सव–२०८१ समारोह 
बालकुमारी रजत महोत्सव प्रकाशन÷सम्मान÷पुरस्कार
१) बालकुमारी रजत स्मारिका २०८१ प्रकाशन गर्ने
२) एकापट्टी संस्थाको लोगो र अर्को पट्टी लक्ष्मी अंकित चाँदीको सिक्का (स्मारिका) प्रकाशन गर्ने ।
३) संस्थापकहरुलाई चाँदीको तक्मा सहित दोसल्लाह ओदाई सम्मान गर्ने ।
४) पूर्व संचालक समिति तथा लेखा सुपरीवेक्षण समितिमा रही योगदान गरेका संचालकहरुलाई सम्मान गर्ने । 
५) रक्तदान तथा प्रभातफेरी कार्यक्रमको लागि टि–शर्त प्रदान गर्ने ।
आजको मितिसम्म पनि संस्थालाई समयसांपेक्ष सल्लाह, सुझाव दिनुहुने सम्पूर्ण आदरणीय शेयर सदस्य, संघीय, प्रदेशीय र स्थानीय नियामक निकायहरु, राष्ट्रिय सहकारी महासंघ नेपाल लि., नेफ्स्कुन, प्रोस्कुन, जिल्ला सहकारी संघ भक्तपुर, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि., सम्पूर्ण शेयर सदस्य तथा शुभेच्भ्छुकहरु, संचारकर्मी एवं पत्रकारज्यूहरु प्रति हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौं ।
पृथ्वीराम श्रेष्ठ, सचिव 
२०८१ साउन २२ गते, मंगलबार  

Comments