भक्तपुर हाँंक्दै महिला


साउन २०, २०८१, आइतबार | दिउँसो ०३:५७ बजे | 60


भक्तपुर हाँंक्दै महिला

भक्तपुर । महिलाहरुलाई अहिलेसम्म पनि दोश्रो दर्जाको रुपमा हेरिने चलन नहटिरहेको बेला भक्तपुर जिल्लाका एक दर्जन सरकारी कार्यालयहरु महिलाहरुले नै नेतृत्व गरिरहेका छन् । जिल्लामा अहिलेसम्मकै सवैभन्दा वढी महिला कार्यालय प्रमुखहरु रहेको जिल्ला बनेको छ । 
जिल्ला प्रशाशन कार्यालयदेखि अस्पताल तथा अन्य सरकारी कार्यालयहरुमा दर्जन महिला हाकिमहरु रहेका छन् । प्रमुख जिल्ला अधिकारीदेखि भक्तपुर अस्पतालसम्म जिल्लाका ११ वटा सरकारी कार्यालयहरु महिला प्रमुखहरुले सम्हालिरहेका छन् । 
जिल्ला प्रशाशन कार्यालय भक्तपुरले दिएको जानकारी अनुसार जिल्ला प्रशाशन कार्यालय भक्तपुरको प्रमुख जिल्ला अधिकारी सिडिओमा रोशनीकुमारी श्रेष्ठ, भक्तपुर अस्पतालको प्रमुखमा मेडिकल सुपरिटेण्डण्ट डा सुमित्रा गौतम प्रमुख रहेका छन् । साथै शिक्षा विकास तथा समन्वय एकाई प्रमुखमा कमला ज्ञवाली, स्वास्थ्य कार्यालय प्रमुखमा अस्मिता ओझा, राष्टिय कला संग्राहलयको संग्राहलाय प्रमुखमा जयन्ती श्रेष्ठ प्रधानले कार्यालय हाकिरहेका छन् । यस्तै स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय स्मार अधिकृतमा अरुणा नकर्मी, जिल्ला हुलाक कार्यलयको हुलाक अधिकृतमा सीता साम्वा, भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय कार्यकारी अधिकृतमा मेरिना चित्रकारले नेतृत्व गरिरहेका छन् । साथसाथै गुठी संस्थान शाखा कार्यालय भक्तपुरको कार्यालय प्रमुखमा खीमा वली, व्यवसायिक किट विकास फार्म चितपोल भक्तपुरको बरिष्ठ बाल संरक्षण अधिकृतमा सुलोचना श्रेष्ठ र प्रहरी बृत जगाती भक्तपुरको प्रहरी नायव उपरीक्षक (डीएसपी)मा दिप्सी कार्कीले नेतृत्व गरिहेका छन् । 
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी सिडिओ रोशनीकुमारी श्रेष्ठले जिल्लामा सवैभन्दा वढी महिला कार्यालय प्रमुखहरु अहिले रहेको जनाइन् । महिला हाकिम मात्रै नभई उनीहरुले उत्कृष्ट कामहरुसमेत गरिरहेको दावी उनले गरिन् । यसो हेर्दा सामान्य काम होस् अथवा पृथक नै काम किन नहोस् महिला हाकिमसावहरुले गरिरहनुभएको छ, उनले भनिन्, दैनिक विहान १० बजे नै नियमित कार्यालय पुग्नेमा म पनि एक छु, चाहे यो हेर्दा सामान्य नै काम किन नहोस् ।
जिल्ला प्रशाशन कार्यालय भक्तपुरले आइतबार जिल्लाका महिला कार्यालय प्रमुखहरु र पत्रकारहरुवीच अन्तरक्रियासमेत आयोजना गरेको थियो । अन्तरक्रियामा जिल्लाका महिला कार्यालय प्रमुखहरुले आफूले गर्दै आएका कामको विवरण पत्रकारहरुलाई सुनाएका थिए । साथै उनीहरुले गरेका फरक कामहरुकोबारेमा पनि उनीहरुले पत्रकारहरुलाई जानकारी गराएका थिए । 
प्रहरी बृत जगाती भक्तपुरकी प्रमुख डिएसपी दिप्ती कार्कीले भनिन्, प्रहरी कर्मचारीहरुमा कुनै किसिमको व्यक्तिगत समस्या हुँंदा पनि उनको श्रीमती वा नजिकको आफन्त को हो ? कता हो ? कसलाई सम्पर्क गर्ने हो अतोपतो थिएन । तर म आएपछि मैले प्रहरी कर्मचारीहरुको विवरण पनि राख्ने गरेको छु । ताकि केही पर्दा परिवारलाई सम्पर्क गर्न सहयोग मिलोस् । उनले आफू बृतको प्रमुख भएदेखि गल्ती गर्ने वा गलत काम गर्नेहरुलाई सजायँं दिइहाल्ने भन्दा पनि उनीहरुलाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा विशेष ध्यान दिइ कार्य गरिरहेको सुनाइन् । सजायँं नै समस्याको समाधान होइन, उनीहरुलाई सच्चाउन मुख्य उद्देश्य हुनुपर्छ, उनले भनिन्, त्यसकारण कारवाही गरिहाल्ने, सजायँं दिइहाल्ने भन्दा पनि सुधार गृहमा पठाउने वा मानसिक अस्पतालमा पठाउने कामलाई मैले प्राथमिकता दिंदै  आएकी छु । 
कार्यक्रममा अन्य महिला कार्यालय प्रमुखहरुले पनि आफूहरुले गर्दै आएको कामहरुबारे कार्यालयमै उपस्थित भई बुझिदिन अनुरोध गरे । उनीहरुको एउटै भनाई थियो, हामीले हाम्रो काम यहाँं भनेर भन्दा वढी यहाँंहरु नै हाम्रो अफिसमा आउनुभएर सेवाग्राहीसँंग हामीले प्रवाह गर्दै आएको सेवाबारे बुझनुभयो भने धेरै राम्रो हुन्थ्यो ।

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुर हाँंक्दै महिला
भक्तपुर हाँंक्दै महिला

Comments