सकियो शान्ति जागरण अभियानको विशेष वैठक


साउन २०, २०८१, आइतबार | दिउँसो ०१:३६ बजे | 45


सकियो शान्ति जागरण अभियानको विशेष वैठक

काठमाडौ । सानो भर्याङ्गका डा.लक्ष्मण शाक्यको निवासमा उहाँको अध्यक्षमा शान्ति जागरण अभियानको विषेश वैठक आइतबार सकिएको छ । डा इन्दुल केसी, प्रताप रानामगर ,कविता हुमागाई, सुश्री जमुना मानन्धर र शुभरत्न शाक्यको उपस्थितिमा वैठक भएको हो । 
बैठकमा संस्थाको उदेश्य, आगामी योजना, शान्ति र शान्तिका अग्रदुत गौतम बुध्दको शान्ति मार्गबारे घनिभुत छलफल भएको थियो । बैठकले यस शान्ति, ध्यान र शान्ति शिक्षाको प्रचारप्रसार गर्दै जाने विशेषमा सर्बसम्मत निर्णय भयो । आगामी बैठक भदौ ५ मा हुने निर्णयसहित बैठक समापन भएको जानकारी प्राप्त भएको छ ।

Comments