विविध विधामा उत्कृष्ट स्काउट विद्यार्थीहरुलाई पुरस्कार वितरण
साउन २०, २०८१, आइतबार | दिउँसो १२:५९ बजे | 105
नेपाल स्काउट, बाग्मती प्रदेश स्काउट, स्थानीय स्काउट कार्यालय सूर्यविनायक नगरपालिकामा सञ्चालित प्रसादी स्काउट ट्रुपको आयोजनामा अभिभावक स्काउट शिक्षा कार्यक्रम तथा विविध विधामा उत्कृष्ट स्काउट विद्यार्थीहरुलाई पुरस्कार वितरण एवम् प्रमाणपत्र वितरण कार्यक्रम विद्यालयका संचालक सुरज सुवालको सभापतित्वमा विद्यालय परिसरमा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख राष्ट्रिय प्रशिक्षक एवंम् पूर्व राष्ट्रिय तालिम आयुक्त बरिष्ठ स्काउटर भक्त राजभण्डारीले विद्यालय वा पाठ्यक्रमसँगै उनीहरूलाई दैनिक जीवनमा आइपर्ने समस्या हल गर्न र बाँच्नका लागि सङ्घर्ष गर्न, आत्मनिर्भर बनाउन, बालबालिकाललाई आफैं खेलौना मिलाउन, जुत्ता पोलिस गर्न, आफ्नो जुठो भाँडा उठाउन समेत जाँगर गर्दैनन् । यी सबै कुरा आमा बुवाका लागि छाडिदिने गर्छन् । सानोतिनो समस्यासँग पनि जुध्न सक्दैनन् । बालबालिकालाई आत्मनिर्भर कसरी बनाउने, समस्यासँग जुध्न कसरी सिकाउने, व्यावहारिक सिप कसरी दिलाउने, चरित्रवान् कसरी बनाउने यी र यस्तै प्रश्नको समाधान खोज्नमा अधिकांश अभिभावक रुमल्लिरहेका हुन्छन् । अहिले अधिकांश बालबालिकामा आपसमा घुलमिल हुने, मेलमिलाप गर्ने, प्रतिस्पर्धा गर्ने, समस्यासँग जुध्ने बानीको विकास हुन पाएको छैन । यसको लागि आजको लागि,सधैंको लागि, सबै बालबालिकाको लागि स्काउट शिक्षा आवश्यक भएको बताउनुभयो।
कार्यक्रमका विशेष अतिथि राष्ट्रिय प्रशिक्षक एवंम् पूर्व राष्ट्रिय सचिव बरिष्ठ स्काउटर राम गोपाल कर्माचार्यले सामाजिक काममा निरन्तर लागिरहेको पाउने समूह नै हो नेपाल स्काउट र स्काउटमा आबद्ध बालबालिका हो । एउटै पहिरनमा सजिएर एकतामूलक रूपमा राष्ट्रमा आइपरेका विभिन्न विपतको सामना गर्नसम्म स्काउट तत्पर रहँदै आएको छ । स्काउटमा विद्यालयको कोर्सभन्दा बाहिरको व्यावहारिक कुरामा जोड दिइन्छ । उनले यसबाट उनीहरूलाई चरित्रवान्, सबल, सक्षम, आत्मनिर्भर, सक्रिय, गतिशील र अनुशासित बनाउन सहयोग पुग्ने बताउनुभयो ।
स्काउटमा खेलको माध्यमबाट ‘फाउन्डेसन अफ स्काउट’, ‘ड्युटी अफ गड’, ‘ड्युटी अफ अदर्स’, ‘ड्युटी अफ सेल्फ’ जस्ता कुरा सिकाइन्छ भन्दै राष्ट्रिय प्रशिक्षक अच्युत प्रजापतिले स्काउट शिक्षा आजको नितान्त आवश्यक भएको उल्लेख गर्दै अभिभावकहरुलाई आफ्ना नानीहरूलाई स्काउटमा संलग्न गराउन अनुरोध गर्नुभयो।
कार्यक्रममा बोल्दै राष्ट्रिय प्रशिक्षक कमला राजभण्डारीले व्यवहारिक, आत्मस्वावलम्बी बन्न र सामाजिक कार्यमा आफ्ना महत्वपूर्ण भूमिका निर्वाह गर्न स्काउटमा सदस्य भएका बालबालिकाहरूलाई आग्रह गर्दै स्काउट आफ्नै विशुद्ध व्यवहारिक पाठ्यक्रमबाट सञ्चालित संस्था हो भन्नुभयो ।
सुर्यविनायक नगरपालिका स्थानीय स्काउट कार्यालयका प्रमुख आयुक्त कृष्मा ठोकरले बालबालिकाको चारित्रिक विकासका लागि स्काउटले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा एडभान्स तह उत्तीर्ण तृष्णा अधिकारीलाई स्कार्फ र प्रमाणपत्र राष्ट्रिय प्रशिक्षक कमला राजभण्डारी र राष्ट्रिय प्रशिक्षक रत्ना चावालले माला लगाई बधाई र शुभकामना दिनु भएको थियो।
उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल दिनेश शाक्य,स्काउट मास्टर जीवन सुवाल,साधुराम गैडा र रत्ना चवालाले उत्कृष्ट स्काउट विद्यार्थीहरुलाई बधाई र
शुभकामना व्यक्त गर्नु भएको थियो।
उक्त कार्यक्रममा नेपाल स्काउटको पाठ्यक्रम आनुसार सदस्यता ब्याज प्राप्त गर्न सफल स्काउट बिथार्थीहरुलाई प्रमाणपत्र र विविध विधामा उत्कृष्ट हुन सफल स्काउट विथार्थीहरुलाई पुरस्कार समेत प्रदान गरेको थियो।
कार्यक्रममा स्काउट विद्यार्थीहरुले स्वागत नृत्य, अनुभव मन्तव्य स्मृति सुवाल र कार्यकम संचालन प्रिय धौबन्जारले गरिएको थियो।
फाेटाेमा हेर्नुहाेस्...