चार अर्ब १८ करोडको वासलातसहित भक्तपुर बचतको समीक्षा


साउन १९, २०८१, शनिबार | दिउँसो ०३:३३ बजे | 35


चार अर्ब १८ करोडको वासलातसहित भक्तपुर बचतको समीक्षा

भक्तपुर, १९ श्रावण 
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा समिति, उपसमिति, सल्लाहकार र कर्मचारीबीच ४ अर्ब १८ करोडको वासलातसहित शनिवार वार्षिक समीक्षा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि एवम् वागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईले संस्था ठूलो भएसँगै बढी सचेत भई सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भक्तपुर बचतको आन्तरिक शक्ति र मनोबल बढाउने कार्यमा सबै क्षेत्रबाट साथ रहेकै कारण अघि बढ्न सकेको बताउनुभयो  । साथै संस्था अघि बढ्न साप्ताहिक रुपमै सबल, दुर्बल, अवसर र चुनौतीबारे नियमित छलफल गर्नुपर्नेमा जोड दिनुभयो । संस्थाको व्यक्तित्व निर्माणमा समाजका जिम्मेवार व्यक्तिकै संलग्नता रहेको र समाजका अग्रजहरुबाट दिएका राय सुझावलाई अनुसरण गरेको कारण जनताको संस्थाप्रतिको विश्वासमा वृद्धि भएको उहाँको भनाइ छ । उहाँले सहकारीबाटै जनताको सांस्कृतिक स्तर वृद्धि हुने कार्यक्रमहरुमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले धन र आर्थिक विकासले मात्र सांस्कृतिक जीवन अघि नबढ्ने बताउँदै सामाजिक भावसहितको जीवन यापनमा जोड दिनुपर्ने बताउनुभयो । राष्ट्रिय अन्तरराष्ट्रिय सहकारी अभियानको बारेमा स्पष्ट पार्दै उहाँले नेपालका लागि नमूनालायक सहकारीको रुपमा भक्तपुर बचतले ऐतिहासिक संग्रहालय, अध्ययन गोष्ठी र पुस्तक प्रकाशनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । भक्तपुर बचतले आदर निकेतनलाई संख्यात्मक रुपमा थप व्यवस्था गर्न योजना बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सहकारीले सामाजिक चिन्तन, सामाजिक उत्तरदायित्व बहन गर्न नयाँ पुस्तालाई व्यवहारिक ज्ञान दिनुपर्ने बताउँदै उहाँले लेखकहरुलाई लेख्न उत्प्रेरित बनाउनुपर्ने उहाँको भनाइ छ ।
संस्थाका सल्लाहकार कृष्ण प्रसाद धन्छाले उच्च ओहदाका व्यक्तिहरु सहकारीमा नराम्रोसँग फसिरहेको बेला सामुहिक नेतृत्व, सदस्यहरुको विश्वासले संस्था अघि बढ्न ऊर्जा थपेको बताउनुभयो । सहकारी संस्थाका दूत संस्थाका पदाधिकारीहरु भएकाले संस्थाका हरेक गतिविधिहरुबारे नियमित रुपमा सूचना सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । उहाँले अहिलेसम्म पनि कुनै पनि एनजीओ आइएनजीओसँग प्रत्यक्ष संलग्न नहुनुलाई संस्थाको राम्रो पक्षको रुपमा हेरिएको छ । 
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले समिति, उपसमितिको तर्फबाट आएका जिज्ञासालाई मेटाउँदै बहुआयामिक रुपमा संस्था अघि बढाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
संस्थाका उपाध्यक्ष लक्ष्मी प्रसाद कुसीले भक्तपुर बचतको संरक्षकत्वमा  सञ्चालित भक्तपुर आदर निकेतनको स्थापनाको उद्देश्यसहित अहिलेको सञ्चालन स्थितिबारे स्पष्ट पार्नुभयो ।
संस्थाका सहसचिव तारादेवी धन्छाले धन्यवादज्ञापन गर्नुभएको उक्त कार्यक्रममा सचिव जगनाथ प्रजापतिले ऋण लगानीको अवस्थाबारे स्पष्ट पार्नुभयो ।
सञ्चालक समितिका तर्फबाट कोषाध्यक्ष रामप्रसाद प्रजापतिले आ.व. २०८०÷०८१ को वित्तीय विवरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा ज्येष्ठ तथा बाल सदस्य उपसमितिका कृष्णगोपाल छुस्याबाग, महिला उपसमितिका जगनालक्ष्मी तुइतुई, शिक्षा र कृषि उपसमितिका तर्फबाट जयराम कोजू, स्वास्थ्य उपसमितिका तर्फबाट प्रभा प्रजापति, सांस्कृतिक र खेलकुद उपसमितिका तर्फबाट प्रज्वल प्रजापति, व्यवसाय प्रवद्र्धन र युवा उपसमितिका तर्पmबाट विष्णुकुमार प्रजापति र लेखा सुपरिवेक्षण समितिका तर्फबाट प्रेम प्रजापतिले समीक्षात्मक प्रस्तुती दिनुभएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

चार अर्ब १८ करोडको वासलातसहित भक्तपुर बचतको समीक्षा

Comments