सिद्धि गणेशमा सकियो अनिवार्य शिक्षा शिविर
साउन १९, २०८१, शनिबार | विहान ०७:२३ बजे | 80
भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा सदस्य तथा सम्भावित सदस्यहरुलाई सहकारीता तथा संस्थाको सेवा सुविधा सम्बन्धि जानकारी दिने उद्देश्यका साथ अनिवार्य शिक्षा शिविर संस्थाको तालिम हल खचाँमा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एवं नेमकिपाका केन्द्रिय सदस्य उकेश कवांले मजदुर र किसानहरुको उत्थान र विकास गर्नका लागि सहकारी स्थापना भएको इतिहास स्मरण गर्नुहुँदै उत्पादनमूलक क्षेत्रमा ऋण लगानी गरी सदस्यहरुको बचत सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारी संस्था नीति नियम पालना गरी समुदायमा आधारित भए सदस्यहरुको विश्वास जित्न सक्ने बताउनुभयो ।
सहकारी संस्थाले नागरिकहरुमा अनावश्यक खर्च कटौटी गर्दै बचत गर्ने बानी बिकास गराएर राष्ट्रको आर्थिक उन्नतिका लागि योगदान गर्दै आएको छ, उहाँले भन्नुभयो । वडाध्यक्ष कवांले भक्तपुर नगरपालिकाले आर्थिक अनुसाशन, नियमित साधारण सभा सञ्चालन, सहकारी ऐन र नीति नियम पालनको आधारमा सहकारी संस्थाहरुको अनुगमन गर्दै आएको र समस्यामा परेका संस्थाहरुलाई निरन्तर सचेत गर्ने गरेको बताउनुभयो । उहाँले केहि समस्यामा परेका सहकारी संस्थाको खराब छविका कारण राम्रा सहकारी संस्थाहरुको समेत बदनामी भई रहेको जानकारी दिनुहुँदै सदस्यहरुले आफ्नो अधिकार मात्र नखोजी आफ्नो दायित्व पनि पुरा गरे संस्था समस्यामा पर्नबाट जोगिने बताउनुभयो ।
उहाँले युवाहरुलाई सक्षम बनाउन र रोजगारीको श्रृजना गर्न भक्तपुर नगरपालिकाले विभिन्न सिपमूलक तालिमहरु सञ्चालन गर्दै आएको साथै विद्यार्थीहरु आर्थिक अभावका कारण शिक्षाको अधिकारबाट बञ्चित नहोस भन्ने हेतुले वार्षिक छात्रवित्री कार्यक्रम तथा शैक्षिक ऋणको व्यवस्था गर्दै आएको बताउनुभयो ।
उहाँले कोभिड महामारीको समयमा अक्सिजनको कमि भएको बेला सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थले सबै भन्दा बढि आर्थिक सहयोग गरी अक्सिजन प्लान्तको स्थापना गर्न तेवा पु¥याएको उद्धारण दिनुहुँदै सहकारी संस्थाहरुले आर्थिक कारोवारमा मात्र सिमित नरहीे समाजिक उत्तरदायित्व पनि निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका अतिथि संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले समुदायमा अधारित यस संस्था उचित मुल्यमा गुणस्तरिय वीत्तिय सेवाहरु प्रदान गरी सदस्यहरुको आर्थिक र समाजिक विकस गर्ने ध्ययका साथ अघि बढि रहेको बताउनुभयो । उहाँले संस्था व्यक्तिले होइन नीतिले सञ्चालन गर्नुपर्ने भन्नुहुँदै पारदर्शी नभएका र नीति बेगर सञ्चालन भएका सहकारी संस्थहरु मात्रै समस्यामा परेको
बताउनुभयोे ।
अध्यक्ष लाखाले नेपाल सहकारी ऐन २०७४ अनुसार सदस्यहरु एक सहकारीमा मात्र सदस्य बन्नुपर्ने भएकोले राम्रा सहकारीहरुको पहिचान गरी ती मध्य सर्वोत्कृष्ट सहकारीमा मात्रै कारोवार गर्नुपर्ने जानकारी दिनुभयो साथै सदस्यहरुलाई बचत गर्दा संस्था र सञ्चालकहरु बारे पूर्ण जानकारी लिएर मात्र बचत गर्न आग्रह गर्नुभयो ।
उहाँले सदस्यहरु साधारण सभामा आफ्नो उपस्थिति खर्च लिई सभाको कार्यक्रममा नबसी फर्कने गरेको प्रति चिन्त व्यक्त गर्नुहुँदै सभामा संस्था सम्बन्धी सम्पूर्ण विषयमा छलफल गरिने हुदाँ आर्थिक लाभ भन्दा संस्था विकास गर्न सभा समापन नभए सम्म कार्यक्रममा बस्न र सुझावहरु प्रस्तुत गर्न प्रेरित गर्नुभयो ।
उहाँले सदस्यहरुको सिप र क्षमता विकास गर्न संस्थाले विभिन्न सिपमूलक तालिमहरु निरन्तर सञ्चालन गर्दै आएको बताउँदै सदस्यहरुको स्वास्थ्यलाई मध्यनजर गरी सिद्धि गणेश स्वास्थ्य क्लिनिकबाट सुलभ मुल्यमा स्वास्थ्य सेवाहरु प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रमका सभापति संस्थाका सचिव एवं उपसमितिका संयोजक विष्णु प्रसाद दुमरुले संस्थाको पृष्ठभुमि र क्रियाकलापहरुको जानकारी दिनुहुँदै झुटो ख्यातिका लागि मात्र सेवा सुविधाको प्रचार गर्नु भन्दा सदस्यको विश्वास जित्न संस्था पारदर्शी बन्नुपर्नेमा जोड दिनुभयोे । उहाँले सिक्ने क्रम कहिले नसकिने हुँदा अन्य संस्था संग समन्वय गर्दै लगातार सिक्ने र सिकाउने क्रम जारी राख्नुपर्ने बताउनुभयो ।
५३ जना सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा उपसमितिका सचिव किरण बनमाला र सदस्य रामहरि ताम्राकारले पनि बोल्नुभएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...