बनेको केही महिनामै कसरी परयो भ्वांग दुवाकोट पीच सडकमा ?
साउन १९, २०८१, शनिबार | विहान ०३:२५ बजे | 70
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर १ दुवाकोट हाइटस्थित बीच सडकमै भ्वाङ परेको छ । सडकमा झन्डै १० फिट गहिरो भ्वाङ परेपछि स्थानीय त्रसित बनेका छन् ।
सम्भावित दुर्घनाबाट जोगाउन अस्थायी रुपमा सडक मर्मत गर्नुपर्ने भन्दै स्थानीयले सरोकारवालालाई आग्रह गरेका छन् ।
सडकखण्डको बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले अवलोकन गरेका छन् । अवलोकनपश्चात उनले तत्काल सडक मर्मतका लागि सम्बन्धित निकायलाई जानकारी गराइसकेको बताए । यसैगरी चाँगुनारायण नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सोम प्रधानले सडक निरीक्षण गरेर भ्वाङ पुर्न सडक डिभिजन कार्यालय भक्तपुरलाई आग्रह गरेको बताए । प्राविधिक टोली र ठेकेदार कम्पनीलाई बोलाएर छलफल गरेको उनको भनाइ छ ।
सल्लाघारी दुवाकोट वीर अस्पताल सडक खण्डको दुवाकोट हाइटमा सडक भासिँदा दुर्घटनाको जोखिम बढेको स्थानीयको भनाइ छ । ठेकेदार कम्पनीले सडक बनाइरहेकाले सडकको जिम्मा उसैको भएको भन्दै यसको मर्मत ठेकेदार कम्पनस्ले नै गर्नुपर्ने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।