सकियो लन्च हाइक प्रतियोगिता
साउन १८, २०८१, शुक्रबार | दिउँसो ०२:१९ बजे | 30
रमिता खुसु
साँंगा, साउन १८
नेपाल स्काउट ग्रेसल्यान्ड स्काउटको आयोजनामा अन्तर पेट्रोलबीच शुक्रबार लन्च हाइक प्रतियोगिता सम्पन्न भएको छ । स्काउटहरूको चारित्रिक, मानसिक र व्यावहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ ग्रेसल्यान्ड इङ्लिस सेकेन्डरी स्कुल अन्तर्गतको स्काउट ट्रुपका ८५ जना स्काउट भाइबहिनीहरूको कार्यक्रममा सहभागिता रहेको थियो जसमा १२ वटा पेट्रोलहरूबीच प्रतियोगिता चिठीमार्फत आफ्नो गन्तब्य पट्टा लगाई आफ्नो पेट्रोललाई आवश्यक खाना पकाउने चुनौतीका साथ सम्पन्न भयो ।
प्रत्येक पेट्रोल ५ मिनेटको अन्तरालमा पठाइएको थियो । प्रतियोगिता विद्यालय प्राङ्गणबाट सुरु भइ लटरमवेश्वर, राधाकृष्ण मन्दिर भई नालाको मनकामना मन्दिरसम्म जम्मा ७ किलोमिटरको लन्च हाइक भएको थियो । प्रतियोगितामा टोली कार्य, अनुशासन, खाना सजावट नेतृत्व तथा सरसफाईमा मूल्याङ्कन गरिएको थियो ।
प्रतियोगितामा १२ पेट्रोलवीच प्रतिस्पर्धीमध्य लायन पेट्रोल उत्कृष्ट हुन सफल पेट्रोल रह्यो । स्काउटिङ र प्रकृति एक अर्काका परिपूरक हुन्, जहाँ स –साना बालबालिका खुल्ला हृदयका साथ खुल्ने र विभिन्न चुनौतीहरूसँग जुड्ने गर्दछन् ।
स्काउटहरूको सर्वाङ्गीण विकासको आधार भनेकै गरेर सिक्नु, आफ्नो कर्तव्य परायण रही स्वावलम्वी बनाउनु हो जस अन्तर्गत भाइबहिनीहरूले आफूले कक्षामा सिकेका कला र सीपलाई व्यवहारिक रुपमा प्रयोग गर्ने गर्दछ । कार्यक्रमले भाइबहिनीहरूमा एक अर्काकोबीचमा सहकार्य, समूह कार्य, चुनौतीको सामना, समयको व्यवस्थापनलगायतको प्रयोगात्मक अभ्यास गर्ने गर्दछ ।
कार्यक्रमको समापन ट्रुपका स्काउट लिडर रमिता खुसीद्वारा प्रतियोगितामा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रम संयोजक रमेश सितिखुद्वारा पदोन्नतिको कार्यक्रम सम्पन्न भएको थियो । यस कार्यक्रमको व्यवस्थापनको लागि भक्तपुरबाट पायोनियर ओपन ग्रुपका रोभर रेन्जरहरूकोसमेत उपस्थिति थियो ।
फाेटाेमा हेर्नुहाेस्...