भक्तपुरमा कता—कता छ विपतको जोखिम ?


साउन १८, २०८१, शुक्रबार | विहान ०८:०० बजे | 90


भक्तपुरमा कता—कता छ विपतको जोखिम ?

भक्तपुर । नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरको आयोजनामा शुक्रबार प्राकृतिक प्रकोप र पूर्व तयारी विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
अन्तक्रियामा प्रमुख अतिथि भक्तपुरका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरका अध्यक्ष रोशनीकुमारी श्रेष्ठले विपद्बाट भक्तपुरका दर्जन ठाउँंहरु समस्यामा रहेको बताइन् । जिल्लाका चारवटै नगरपालिकाका क्षेत्रहरुमा विपद्को जोखिम रहेको उनले जनाइन् । त्यसमा पनि सूर्यविनायक र चाँंगुनारायण क्षेत्र विशेष समस्यामा रहेको उनले सुनाइन् । यी नगरपालिकाहरु पहाडी क्षेत्रमा रहेकोले समस्यामा रहेको उनले जनाइन् । यसबाहेक भक्तपुर र मध्यपुर थिमिमा पनि डुवानको समस्या रहेको उनले जानकारी गराइन् । 
नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति पर्शुराम पाण्डेले जिल्लामा हुनसक्ने सम्भावित विपतको उद्धारका लागि रेडक्रसका मात्रै २४ उपशाखाहरु सक्रिय रहेको बताए । 
जिल्लाको सूर्यविनायक नगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक एवं सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेलका अध्यक्ष भगवान खत्रीले विपदमा परेकाहरुलाई नगरपालिकाले सहयोग गर्दै आइरहेको जानकारी गराए । चाँंगुनारायण नगरपालिकाका विपद व्यवस्थापन समितिका प्रमुख दिनेश थापाले हिजोमात्रै नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा वसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठक वसेको र नगरपालिकाले चालू आर्थिक वर्षका लागि तीन करोड ९० लाख विनियोजन गरेको स्मरण गरे । 
कार्यक्रममा विपद्विज्ञ डा दीपकविक्रम थापा, रामहरि केसीलगायतले विपद्का विभिद् विषयहरुमाथि चर्चा गरेका थिए । कार्यक्रम आयोजक सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले सञ्चालन गरेका थिए । 

Comments