भक्तपुरको चुनदेवी र सल्लाघारीमा बजार अनुगमन


साउन १७, २०८१, बिहीबार | विहान ११:५९ बजे | 70


भक्तपुरको चुनदेवी र सल्लाघारीमा बजार अनुगमन

भक्तपुर, १७ श्रावण । भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य एवम् वडाध्यक्ष श्यामकृष्ण खत्रीको नेतृत्वमा बिहिबार चुनदेवी र सल्लाघारीमा पसल अनुगमन गरेकोमा एम.एम. इन्टरप्राइजेज्मा गोदाम दुर्गन्धीत, भद्रगोल र अव्यवस्थित भएको बताउ“दै म्याद नाघेको मसला पाकेट अन्य गरी ३ बोरा अथवा पचास हजार रुपैंया भन्दा बढी सामानहरु जफत गरी नष्ट गरेको भन्नु भयो ।
एम.एम. इन्टरप्राइजेज्मा फाइनका विभिन्न मसला पाकेटहरु ५० दर्जन पाकेट र केयुएलको विभिन्न मसला पाकेटहरु ४० दर्जन पाकेट, नटराजको सोयावडी ४० पाकेट, ज्ञान आटा ६ पाकेट, पुजा जिरा २ दर्जन पाकेट जफत गरी नष्ट गरियो भने पसल नविकरण गर्न, पसलमा म्याद नाघेको र कुहेको सामान छुट्याएर राखी तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दियो । 
त्यस्तै सल्लाघारी किराना पसलमा दत्तात्रय दालमोठ उद्योगको शिव शंकर दालमोठ पाकेटमा भएको लेबल मेटेर जाने भएकोले कम्पनीका प्रोपाइटरलाई तीन दिन भित्र उपस्थित गराउन र दत्तात्रय फुड प्रडक्टको दिलशा मुगी पाकेटमा भएको लेबल मेटेर जाने भएकोले कम्पनीका प्रोपाइटरलाई तीन दिन भित्र उपस्थित गराउन निर्देशन दिई क्वाती लगायत प्याकेजिड्ड  सामानहरु खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रिवितरण गर्न र पसलमा सरसफाईमा ध्यान दिन, सामानहरु व्यवस्थित गर्न निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।  
अनुगमनमा सदस्य रोशन मैया सुवाल, रिता फसिकवा, ज्ञान बहादुर मानन्धर, श्यानिटेशन उपशाखा प्रमुख न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर उपशाखाका मोहनदेबी व्याञ्जू, जिल्ला प्रशासन कार्यालय भक्तपुरका हरिहर कापले, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक राम प्रवेश शाह, उद्योग तथा बाणिज्य कार्यालय भक्तपुरका लक्ष्मी प्रसाद कासुला र उद्योग बाणिज्य संघ भक्तपुरका राजु त्वानाबासुको सहभागी रहेको थियो ।

Comments