नासमनामा सुमधुर संगीतमय भजन
साउन १६, २०८१, बुधबार | दिउँसो ०२:०७ बजे | 20
भक्तपुर । श्री श्यामसुन्दर रास भजन मण्डल नासमना भक्तपुरको आयोजनामा बुधबार नासमनामा सुमधुर संतीतमय भजन भएको छ । भक्तपुर नगरपालिका वडा नं ८ ब्रम्हेश्वर घाट भक्तपुरको भजन टोलीलाई आमन्त्रण गरी भजन भएको हो ।
२०८१ सालको चतुर्मासको पावन अवसरमा कमिका एकादशीको दिन पारेर भजन गरिएको हो । सुमधुर संगीतमय भजन प्रस्तुत गरिएकोमा धन्यवादस्वरुप प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रम राजकुमार कर्माचार्यको संयोजकत्वमा भएको थियो । कार्यक्रमको व्यवस्थापकमा डा इन्दुल केसी रहेका थिए । सहसंयोजकमा श्रीमती राधा सिलाकार रहेका थिए ।
वताइए अनुसार चतर्मासको अवसरमा त्यहाँं प्रत्येक १५ पन्ध्र दिनमा एकादशीको दिन विभिन्न टोलका फरकफरक भजन टोलीहरुलाई आमन्त्रण गरी भजन गरिन्छ । अन्य बेला भने दैनिक साँंझसाँंझ स्थानीयहरुबाट भजन गाइन्छ ।