झौखेलको ज्योर्तिलिङ्गेश्वरमा विशेष धार्मिक उत्सव हुने
साउन १२, २०८१, शनिबार | विहान १०:५० बजे | 65
भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ३ झौखेलस्थित जनजिव्रोको बोलीमा महादेवस्थान भनेर चिनिने ज्योर्तिलिङ्गेश्वर महादेव मन्दिर परिसरमा विशेष धार्मिक उत्सव हुने भएको छ । यही साउन १४ गते विहीबार बिहान उत्सव हुन लागेको हो ।
झौखेल सामुदायिक सिकाई केन्द्र, ज्योर्तिलिङ्गेश्वर महादेव मन्दिर विकास समिति, रामायण भजन मण्डल र ज्योर्तिलिङ्गेश्वर महादेव श्रावणी मेला आयोजक समितिको संयुक्त आयोजनामा उत्सव हुने भएको हो । उत्सवको क्रममा विहान ६ बजे मनोहरामा पुग्ने, जल संकल्प समय सवा ६ बजे, जल कलश सहित मन्दिर प्रस्थान साढे ६ बजे र जलापर्ण समय ८ बजेको तालिका राखिएको छ । उत्सवमा सहभागी हुन सम्पूर्णमा आयोजकहरुले अनुरोध गरेका छन् ।