कालावाङ अध्ययन प्रतिवेदन प्रस्तुत
साउन ८, २०८१, मङ्गलबार | विहान ०७:५३ बजे | 15
ख्वप कलेजमा स्नातक तह प्रथम र द्धितिय वर्षमा समाजशास्त्र विषय लिई अध्ययन गरिरहेका विद्यार्थीहरुले जेष्ठ ३२ देखि असार २ गते सम्म कास्की कालावाङको गुरुङ समुदायमा विभिन्न विषयमा सामाजिक सर्वेक्षण, मामिला अध्ययन, समुह केन्द्रित छलफल गरेका थिए । कार्यक्षेत्र अध्ययनको प्रतिवेदन सहभागी विद्यार्थीहरुले कलेजमा प्रस्तुत गरे । महिला शतिmकरण, बुढौयली उमेरका उतारचढाव, परिवर्ततित लैगिक भुमिका, सामाजिक परिमार्जन, वातावरणीय दिगोपन विषयमा विद्यार्थीहरुले अध्ययन गरेका थिए । कार्यक्रममा ख्वप कलेजका उप प्राचार्य डा. राजेश कुमार श्रेष्ठले यस्ता अध्ययनले विद्यार्थीहरुमा विभिन्न किसिमका क्षमताहरुको विकास गर्ने, व्यवहारिक ज्ञान बढाउने, विभिन्न संस्कृतिबारे जानकारी हुने हुनाले कार्यक्षेत्र अध्ययन महत्वपुर्ण रहेकोमा जोड दिनुभयो । यस्ता अध्ययनले विद्यार्थीको शैक्षिक साथ साथै अन्य क्षेत्रमा पनि विशेष प्रभाव पार्ने बारेमा बि ए ÷बिएसडब्लु का इन्चार्ज कमिनिका न्याईच्याइले बताउनु भयो । किताबी ज्ञान सँग सगै व्यवहारिक ज्ञानको लागी यस्ता कार्यक्षेत्र अध्ययन कोशेढुगा सावित हुने साथै समाज बुझन, आर्थिक उन्नती गर्न र आफनो जीवनलाई सकारात्मक दिशामा लैजाने कुरामा समाजशास्त्रका उपप्राध्यापक सुनिता गाइसीले जोड दिनुभयो । कार्यक्रमका नानीमैया शर्माले पनि बोल्नुभएको थियो ।