भक्तपुरलाई शैक्षिक हव बनाउन सरोकारवाला एकमत


साउन ६, २०८१, आइतबार | दिउँसो ०३:३२ बजे | 30


भक्तपुरलाई शैक्षिक हव बनाउन सरोकारवाला एकमत

भक्तपुर । भक्तपुरलाई शैक्षिक हव (शैक्षिक केन्द्र) बनाउन सरोकारवाला सवैजना एकमत देखिएका छन् । नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरले भक्तपुरलाई शैक्षिक हव बनाउन सरोकारवालाहरुसँंग आइतबार गरेको छलफलमा सवैजना एकमत देखिएका हुन् । शिक्षासँंग सरोकार राख्ने जिल्लाका विभिन्न शैक्षिक संगठनहरु हिसान, प्याव्सन, एन प्याब्सन, इसानलगायतका संगठनका अध्यक्षहरु तथा नगरपालिकाका शिक्षा शाखाका प्रमुखहरुसँंग यसबारे छलफल गरेको थियो । 
भक्तपुरलाई शैक्षिक हव बनाउन आआफूले खेल्नसक्ने भूमिकाबारे कार्यक्रममा चर्चा गरिएको थियो । कार्यक्रमका सहभागीहरुले प्रत्येक वर्ष निरन्तर भक्तपुरका स्कुलहरुबाट एसइई, दस जोड दुई अनि त्यो भन्दा माथिको तहको परीक्षाफल पनि देशमै उत्कृष्टमध्येमा पर्ने भएकाले जिल्लालाई शैक्षिक हवको रुपमा विकास गर्नुपर्नेमा जोड दिइयो । 
काठमाडौंसँंग जोडिएको भएर पनि निकै कम संख्यामा मात्रै काठमाडौ अनि ललितपुर जिल्लाका विद्यार्थीहरु भक्तपुरका स्कुल कलेजहरुमा पढन आउने गरेको भन्दै कार्यक्रममा सरोकारवालाहरुले कमसेकम पनि भक्तपुरका विद्यार्थीलाई भक्तपुरमै राखेर पढाउन सकिने अवस्थाको सृजना गर्नुपर्नेमा जोड दिएका थिए । 
हामीसँग भक्तपुरमा धेरै महँंगो शुल्क लिने काठमाडौ वल्र्ड स्कुल गुण्डू भक्तपुरदेखि लिएर निकै कम शुल्कमा पढाउने स्कुल कलेजहरु पनि छन्, कार्यक्रममा सवैको एकमत थियो, त्यसकारण जिल्लालाई शैक्षिक हवको रुपमा विकास गर्नुपर्छ । 
कार्यक्रममा आयोजक नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरका अध्यक्ष एवं पत्रकार उपेन्द्र केसीले पत्रकार वा पत्रकारितासँंग सम्वन्धित संस्थाहरुले पर्दामात्रै उघारिदिने भएकाले त्यसलाई कार्यान्वयनको पाटोमा सरोकारवालाहरुको ध्यानाकर्षण गराए । उनले भक्तपुरका शैक्षिक संस्थाहरु भौतिक पूर्वाधारदेखि लिएर परीक्षाफलसम्ममा पनि उत्कृष्ट नतिजा निकाल्न सफल जिल्ला भएकोले यसलाई औपचारिक रुपमै शैक्षिक हवको जिल्ला बनाउनुपर्नेमा जोड दिए । 
जिल्लाको सूर्यविनायक नगरपालिका शिक्षा शाखाका प्रमुख रत्नबहादुर कटवालले भक्तपुर घोषित रुपमा नभए पनि अघोषित रुपमा शैक्षिक हवको जिल्ला भएको बिचार राखे । हामीकहाँं एकदम महँंगो शुल्कमा सेवासुविधाकासाथ पढाउनेदेखि लिएर कम शुल्कमा गुणस्तरीय शिक्षा दिने ख्वप कलेज, ख्वप इन्जिनियरिग कलेजहरु छन्, यहाँं देशविदेशका विद्यार्थीहरु पढन आइरहेकै छन्, उनले भने, यति मात्रै होइन, नेपाल इन्जिनियरिंग कलेज दुवाकोट भक्तपुर अनि कानुनका लागि देशकै प्रख्यात काठमाडौ स्कुल अफ ल हाम्रो दुधिकोटमा छ । 
पछिल्लो एसइईको परीक्षामा पनि यो वर्ष जिल्लाबाट ६ हजार ७५ जना विद्यार्थी सहभागी भएका थिए । साथै यसअघिको एसइईमा पाँंच हजार नौ सय २७ जना विद्यार्थी थिए । यो वर्षको एसइईमा देशभरिबाट ४७.४६ प्रतिशत विद्यार्थी उतीर्ण भइरहेको बेला जिल्लाको उतीर्ण प्रतिशत झण्डै दोव्वरको नजिकमा छ । 
कार्यक्रममा हिसानका जिल्ला अध्यक्ष अनिल कसपालले पछिल्लो एसइईमा पनि जिल्लाका ६ जना विद्यार्थीले चार जीपीए ल्याएको र तीमध्ये आफनै मोर्डन स्कुल दधिकोटबाट चार जीपीए ल्याउन सफल विद्यार्थी आफनै कलेज मोर्डन कलेज सल्लाघारी भक्तपुरमा व्यवस्थापन संकायमा भर्ना भई अध्ययन गरिरहेको चर्चा गरे । प्याव्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठले दस वर्ष अगाडि नै २०७० सालमै प्याव्सन भक्तपुरका तत्कालिन अध्यक्षबाट यो अभियान थालेको स्मरण गरे । एन प्याव्सन भक्तपुरका जिल्ला अध्यक्ष सञ्जय खड्काले ख्वप कलेज देकोचाले कम शुल्कमा पढ्ने विद्यार्थी रोक्न सके पनि वढी शुल्क तिरेर पढन चाहने विद्यार्थीलाई जिल्लाका कुनै स्कुल कलेजले रोक्न नसकेको दुःख विसाए । 
इसानका अध्यक्ष प्रेमजन थापाले ख्वप विश्वविद्यालयले स्वीकृति प्राप्त गरे भक्तपुर स्वतः शैक्षिक हव वन्ने दावी गरे । भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने अभियान सञ्चालन गर्दै आएको चर्चा गर्दै ख्वप विश्वविद्यालयलाई स्वीकृति प्राप्त भए जिल्ला स्वयम आफैं शैक्षिक हवको रुपमा परिचित हुने विश्वास उनले व्यक्त गरे ।

Comments