सदस्य विना सहकारी संस्था दिगो नहुने


साउन ५, २०८१, शनिबार | दिउँसो ०१:१६ बजे | 40


सदस्य विना सहकारी संस्था दिगो नहुने

शंखरापुर, ५ श्रावण । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को आ.ब.२०८१÷०८२ को बजेत तर्जुमा र बार्षिक नीति तथा कार्यक्रम र पुनःताजगी कार्यक्रम जरसिहंह पौवा हिल भिजन रिसोर्टमा संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाको सभापतित्वमा शनिवार सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार रामकृष्ण प्रजापतिले आगामी बर्षको भिजन र कार्यक्रम सहित वजेट बनाउनु भएको बजेट तर्जुमा समितिका संयोजक लगायत टिमलाई धन्यवाद दिँदै सहकारीमा पल्र्स अनुसार दशदेखि पंन्ध्र प्रतिशत सदस्य बृद्धि गर्नुपर्ने भएकोले संस्थाको सासको रुपमा रहेको सदस्य विना सहकारी संस्था दिगो नहुने बताउनुभयो । उहाँले ऋणको व्याजले हरेक कार्यक्रम र प्रशासन कार्यालय खर्चबाट बचेको रकम नै संस्थाको नाफा(वचत) भएकोले ऋण संस्थाको मेरुदण्ड भएको बताउनुभयो । उहाँले निक्षेप संकलन गर्न सदस्यहरुलाई महशुल तिरिदिनेदेखि विभिन्न प्रोत्साहन दिनुपर्ने बताउनुभयो । उहाँले अहिले सहकारी दुब्नुमा सहकारीबाट लगेको ऋणीको बारेमा नबुझि र ऋण दिंदा धितो, असल चरित्र, तिर्नसक्ने क्षमता, सोच बारे मुल्याङ्कन नगरी ऋण दिदाँ ऋण असुल्न गा¥हो भएको साथै ऋणीले उत्पादन क्षेत्र लगानी नगर्दा ऋणी दुवेको बताउनुभयो । उहाँले सहकारी संचालक अभिभावकीय नेतृत्व भएकोले असल, इमान्दार, बोलिबचन, व्यवहार, लवाईखवाई राम्रो हुनुपर्ने बताउँदै सदस्यहरुलाई नम्र व्यवहार र सबैको भलो हुने सोचले बोल्ने कार्य गर्नृपर्ने बताउनुभयो । उहाँले संचालक समितिमा बहुमतको निर्णय र अल्पमतको कदर गर्नुपर्ने बताउँदै आफुले भने जस्तै हुनु पर्ने गलत सोच हताउनुपर्ने बताउनुभयो । 
कार्यक्रममा संस्थाका कोषाध्यक्ष एवम् बजेत तर्जुमाका संयोजक तुल्सी केशरी छुँुजू प्रजापतिले सहकारीले भुकम्प, कोरोना र आर्थिक संकट जस्ता विभिन्न समस्याहरु झेलेर आजसम्म आउ“दा सहकारी संचालकहरुले सदस्यहरुको रकम हिनामिना गरेर भागेकोले यस प्रति जनविश्वास घट्दो क्रममा छ भने जनताहरु बैंक तर्फ आकर्षित भएको देखिन्छ भन्नुभयो । उहाँले यस्तो अवस्थामा योजना, बार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा जनताको विश्वास जित्न सक्ने खाकाहरु तयार हुनुपर्छ भन्नुभयो । उहाँले देशमा व्यापार व्यवसाय ओरालो लागेको छ भने देश परनिर्भरता बढ्दै गएको अवस्था र खेत खलिहानहरु बा“झो छ भने युवा जति विदेशिएको बेला देश मै स्वरोजगार भई युवा परिचालन गर्न सक्ने गरी अवको योजना, बार्षिक नीति तथा कार्यक्रम र बजेट बनाउनुपर्ने सोचले बजेत निर्माण भएको बताउनभुयो । उहाँले योजना भनेको भविष्यमा लक्ष्य पूर्ति गर्ने भावि कार्यक्रमको मार्गचित्र हो भन्नुहुँदै यसले संस्थाको कार्यदिशा निर्देश गर्दछ भन्नुभयो। उहाँले भविष्यमा प्राप्त गरिने नतिजाको आंकलन गर्न र “सदस्यहरुको आर्थिक एवं सामाजिक स्तर उकासी आर्दश समाज  बनाउने” नारालाई सार्थक बनाउन यस साकोसले भक्तपुर नगर कार्यक्षेत्र भित्र रही सहकारीको विश्वव्यापी मुल्य मान्यता र सहकारी सिद्धान्त भित्र रही आ.व.२०८०÷०८१ को कारोवारको समिक्षा गर्दै समुदायमा आधारित वित्तीय तथा सामाजिक सेवा गर्न आ.व. २०८१÷०८२ को बार्षिक योजना, नीति तथा कार्यक्रम तयार गरेको बताउनुभयो । 
कार्यक्रममा स्वागत उपाध्यक्ष श्री प्रसाद प्रजापति, संचालन सचिव सत्यराम ज्ञामरु, धन्यवाद प्रबन्धक गौतम कुटुवाजु गर्नु भएको कार्यक्रममा लेखा संयोजक हरिकृष्ण प्रजापति, रामकृष्ण लावजु, राजुसिं बजिको, चम्पा ज्ञामरु, सिद्धान्त प्रजापति, तुल्सीराम प्याठ, सितालक्ष्मी कोजू आगामी अनुमानित बजेतबारे र सहकारी संस्थालाई भविष्यमा सदस्यहरुको हितमा उपयोग गर्ने बारे आ–आफ्नो धारणा प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष तुल्सी केशरी प्रजापतिले पेश गरेको बजेत र प्रगति प्रतिवेदन पारित गरेको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

सदस्य विना सहकारी संस्था दिगो नहुने

Comments