गाईजात्रा २०८१ का लागि भक्तपुरमा भयो भेला
साउन ४, २०८१, शुक्रबार | दिउँसो ०१:४९ बजे | 20
भक्तपुर । गाईजात्रा २०८१ सम्वन्धी शुक्रबार भक्तपुरमा लेखक, कवि, कलाकार तथा संस्कृतिकर्मीहरुको भेला भएको छ । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समिति गाइजात्रा व्यवस्थापन समितिको आयोजनामा भेला भएको हो । भेलामा पार्टी सचिव एवं प्रतिनिधि सभा सदस्य प्रेम सुवाल, पार्टी जिल्ला अध्यक्ष एवं बागमति प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाई, पार्टी भक्तपुर नगर समिति सदस्य नारायणबहादुर दुवाल, जनकवि चन्द्रबहादुर उलकलगायतले गाईजात्रालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
तस्वीरहरु विकुराम तजले
फाेटाेमा हेर्नुहाेस्...