सूर्यविनायक नगर प्याब्सनद्धारा ४ जिपिए ल्याउने विद्यार्थीहरु सम्मानित


साउन ४, २०८१, शुक्रबार | विहान ०८:०० बजे | 50


सूर्यविनायक नगर प्याब्सनद्धारा ४ जिपिए ल्याउने विद्यार्थीहरु सम्मानित

सागर गुरागाईं
सूर्यविनायक । माध्यमिक शिक्षा परीक्षा २०८० मा उत्कृष्ट नतिजा ल्याएका भक्तपुर जिल्लाका विद्यार्थी र विद्यालयलाई सूर्यविनायक नगरप्याब्सनद्धारा विशेष सम्मान गरिएको छ । सूर्यविनायक नगर प्याब्सनका अध्यक्ष दिनेश मैनालीको सभापतित्वमा भएको उक्त सम्मान कार्यकक्रमको उद्घाटन गर्दै निवर्तमान अर्थमन्त्री एवं एकिकृत नेकपा माओवादीका नेता वर्षमान पुनले शिक्षा चेतनाको आधार भएको बताउनु भयो । नेता पुनले वर्तमान समय विज्ञान र प्रविधिको समय भएकोले सूचना र प्रविधि मार्फत शिक्षा, ज्ञान अनि सीप सिकेर स्वदेश मै रहेर पनि विश्वभर सेवा गर्न सकिने वातावरण तयार भई रहेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि नेता पुनले एसईई २०८० को नतिजामा भक्तपुर जिल्लाबाट जिपिए ४ ल्याएका ६ जना मेधावी विद्यार्थी र विद्यालयलाई पुरस्कार सहित विशेष सम्मान प्रदान गर्नुभयो । भक्तपुर जिल्लाबाट जिपिए ४ ल्याएका विद्यालयहरुमा मोर्डन बोेर्डि» स्कुल दधिकोट, युनिटि स्कुल कटुञ्जे, मनोरम इ»्ग्लिस स्कुल कटुञ्जे र हिमाल एकेडेमी सूर्यविनायक नगरपालिका भित्र पर्छन् । त्यसैगरि एसओएस हर्मन माइनल स्कुल सानोठिमी र मेघा माध्यामिक विद्यालय भक्तपुरका मेधावी विद्यार्थीहरुले पनि जिपिए ४ ल्याएर सम्मानित भएका छन् । 
त्यसैगरी एसईई परीक्षा २०८० को नतिजामा जिपिए ३ देखि ३.९९ सम्म ल्याइएका ४ दर्जन बढि विद्यार्थीहरुलाई सम्मान गरिएको छ । एसईई २०८० को नतिजामा सूर्यविनायक नगरपालिका भित्र सञ्चालित प्याब्सनमा आबद्ध विद्यालय र भक्तपुर जिल्लाभित्रका उत्कृष्ट नतिजा ल्याएका एक सय भन्दा बढि विद्यार्थीहरुलाई सम्मान गरिएको सूर्यविनायक नगर प्याब्सनका उपाध्यक्ष विनोद काफ्लेले जानकारी दिनुभयो । उक्त कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्षहरु टी आर ढकाल, कृष्णप्रसाद अधिकारी, दिपिका थापा, किशोर गोतम लगायतका अतिथिवक्ताहरुले सुर्यविनायक नगरप्याब्सनको कार्यको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा भक्तपुर प्याब्सनका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भ¤, काभ्रे प्याब्सनका अध्यक्ष श्यामबहादुर भुजेल, ललितपुर प्याब्सनका अध्यक्ष, सूर्यविनायक नगरपालिका शिक्षा प्रमुख रत्न कटुवाल श्रेष्ठ लगायत भक्तपुर जिल्लाका पालिकाभित्रका नगर प्याब्सन अध्यक्ष एवं काठमाडौं र ललितपुरका विभिन्न पालिकाका नगर प्याब्सनका अध्यक्षहरुले सूर्यविनायक नगर प्याब्सनको कार्यको प्रशंसा गर्दै नेपालमा शिक्षाको गुणात्मक विकास र विस्तारमा संस्थागत विद्यालयहरुको योगदानको मूल्याकंन गर्दै संस्थागत शिक्षालयलाई राज्यले सधैं अकुंश लगाउने कार्य ठिक नभएको धारणा राख्नु भयो । कार्यक्रममा मिड भ्याली कलेजका प्रिन्सिपल गोविन्द बल्लभ जोशीले न्यूनशुल्कमा गुणस्तरीय शिक्षा दिएर प्रतिस्पर्धी नागरिक तयार गर्न भक्तपुर जिल्लाभित्रका शैक्षिक संस्थाहरु सक्षम रहेको तर्क गर्दै समय र खर्च बचाउन पनि विद्यार्थीहरु कक्षा ११, १२ र स्नातक तहमा काठमाडौं र ललितपुर पुग्न नपर्ने धारणा राख्नुभयो । कार्यक्रममा सूर्यविनायक नगर प्याब्सनका उपाध्यक्ष विनोद काफ्ले, सचिव खुम प्रसाद शर्मा, कोषाध्यक्ष भोला चौधरी, सदस्य बालकुमार खत्री लगायतले सूर्यविनायक नगर प्याब्सनको हालसम्मको छोटो गतिविधि एवं भावी कार्यक्रम सम्बन्धी जानकारी दिनु भएको थियो । यचु पार्टी भेन्यु ठिमीमा भएको उक्त एसईई सम्मान कार्यक्रम राष्ट्रिय स्तरको भएको र उक्त कार्यक्रममा प्याब्सनका केन्द्रीय पदाधिकारी, सदस्य, बागमती प्रदेशका पदाधिकारी सदस्य एवं काठमाडौं उपत्यका भित्रका प्याब्सनका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो । उक्त कार्यक्रमको नमस्ते ख्वप टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र उनीहरुका अभिभावक, विद्यालयका प्रिन्सिपल लगायतलाई सम्मान गर्दै शिक्षा आर्जन गर्न थप हौसला प्रदान गर्ने उद्देश्यले उक्त सम्मान कार्यक्रम विगत वर्षहरुदेखि नै सूर्यविनायक नगर प्याब्सनले गर्दै आएको सूर्यविनायक नगर प्याब्सनका अध्यक्ष दिनेश मैनालीले बताउनु भयो । उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि निवर्तमान अर्थमन्त्री एवं राजनीतिज्ञ वर्षमान पुनलाई वहाँले देशको अर्थतन्त्र, चेतना एवं सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सूर्यविनायक नगर प्याब्सनद्धारा विशेष सम्मान गरिएको थियो । 

Comments