पशुपतिमा विश्व कल्याण मासिक ज्ञान महायज्ञ सुरु
साउन १, २०८१, मङ्गलबार | साँझ ०४:२५ बजे | 55
काठमाडौं । श्री मानव सेवा फाउण्डेशन नेपाल काठमाडौलगायतको संयुक्त आयोजनामा मंगलबारदेखि राजधानीको पशुपतिमा ऐतिहासिक श्री पशुपति कोटीहोम एवं १०८ श्रीमद् भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ सुरु भएको छ ।
महायज्ञ साउन ३२ गतेसम्म सञ्चालन हुने जनाइएको छ । महायज्ञमा प्रसिद्ध कथावाचिका राधिका दासी, प्रतिभाजी, दीनबन्धु पोखरेल, डा कान्ता भटराई, चन्द्रकला सखीलगायतले प्रबचन दिने कार्यक्रम रहेको जनाइएको छ । अनाथहरुलाई आश्रय दिन भक्तपुर र ललितपुरमा रहेका आश्रम निर्माण सहयोग संकलन गर्ने उद्देश्यका साथ महायज्ञको आयोजना गरिएको जनाइएको छ ।
उदघाटन सत्रमा राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता एवं संघीय सांसद् ज्ञानेन्द्रबहादुर शाही लगायतका विभिन्न राजनीतिक दलहरुबाट सांसद बनेका संघीय सांसदहरु, राष्टिय सभा सदस्यहरुलगायत विभिन्न धर्मगुरुहरुले सम्वोधन गरेका थिए ।
कार्यक्रममा नेपाल विभिन्न धर्मावलम्वीहरुको बसोबासको क्षेत्र भए पनि सवै धर्मको उतिकै सम्मान गर्दै हिन्दु राष्ट कायम गर्नुपर्नेमा जोडदार माग गरियो ।