पेट्रोलमा प्रति लिटर ४ रुपैया तथा डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि


असार ३२, २०८१, सोमबार | दिउँसो ०३:५१ बजे | 75


पेट्रोलमा प्रति लिटर ४ रुपैया  तथा डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले  वृद्धि

पेट्रोल,डिजेल र  मट्टितेलको मूल्य वृद्धि भएको छ ।

नेपाल आयल निगम लिमिटेडले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलमा प्रति लिटर ४ रुपैया  तथा डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले  वृद्धि भएको जनाएको छ । 

इण्डियन आयल कर्पोरेशनबाट बढेर आएपछि नेपालमा पनि मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

मूल्य वृद्धि मंगलबार बिहान देखि लागु हुने पनि निगमले जनाएको छ । नयाँ मूल्य अनुसार काठमाडौमा पेट्रोल प्रति लिटर १८१ तथा डिजेल र मट्टितेल प्रति लिटर १६० पर्नेछ । 


Comments